FLASH NEWS
  • Loading...

सामाजिक सञ्जालमाभाइरल २९ लाखको सुँगुर

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २२२ पटक पढिएको
सामाजिक सञ्जालमाभाइरल २९ लाखको सुँगुर

पछिल्लो केही दिनयता सामाजिक सञ्जालमा सुँगुरको प्रतिमा भाइरल नै बनेको छ । उदयपुरको बेलका नगरपालिकाले ६० लाख रुपैयाँ खर्चेर बनाएको सुँगुरको सालिक सोसल मिडियामा भाइरल बनेको हो । बेलका नगरपालिका–७ मुलगाउँमा निर्माणाधीन अवस्थामा रहेको सुँगुरको प्रतिमाको विषयमा दुवैथरिका टीका–टिप्पणी आइरहेका छन् ।

कतिले यसलाई धार्मिक आस्थासँग पनि जोडेर प्रतिक्रिया दिइरहेका छन् भने कतिले नगरपालिकाको अनावश्यक खर्चका रूपमा औँल्याइरहेका छन् । तथापि, नगरपालिकाले भने किराँत जातिको बाहुल्यता रहेको मुलगाउँमा पर्यटन प्रव्द्र्धनका लागि भन्दै उक्त प्रतिमा बनाएको जनाएको छ ।

पर्यटन विकास कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षको बजेटबाट निर्माण गरिएको सालिक जमिनबाट ९ फिट उचाई र लम्बाई करिब १९ फिट छ । ललितकला प्रज्ञा प्रतिष्ठानले स्टिमेट र मूल्याङ्कन गरी ६० लाखको आँकलनमा काम थालेपनि हालसम्म २९ लाखमात्र खर्च भएको नगरपालिकाका सूचना अधिकारी चेतनाथ गौतमले बताए ।

उनका अनुसार पहिलेको मैनामैनी र कटुन्जे ववला गाविसलाई जातजातिको विशेष क्षेत्र छुट्याउने नीतिअनुसार किराँत आस्था केन्द्र घोषणा गरेको भएपनि उक्त प्रतिमा पर्यटन प्रवर्द्धनै लागि निर्माण गरिएको हो । सुँगुरको मूर्ति भनेर सामाजिक सञ्जालहरूमा गलत तरिकाले टीकाटिप्पणी भएकोप्रति असन्तुष्टि जनाउँदै उनले उक्त प्रतिमा स्थानीय समुदायको समेत जातीय तथा सांस्कृतिक स्वामित्व हुनेगरी भगवान बिष्णुको बराह अवतार झल्किने मूर्ति बनाइएको जानकारी दिए ।

 

‘सुँगुरको मुर्ती बनाएको क्षेत्र र प्रसिद्ध धार्मिक तीर्थस्थल बराहक्षेत्र तथा चतराधाम वारिपारि पर्छ’, उनले भने, ‘मैनामैनी उदयपुरको महत्वपूर्ण पर्यटकीय गन्तव्य पनि हो । यसलाई अझ पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सुँगुरको मूर्ति बनाएका हौँ ।’ उनका अनुसार ललितकला प्रज्ञा प्रतिष्ठानका मूर्तिकला विभागका निवर्तमान प्रमुख प्राज्ञ धनु याख्खाले विगत डेढ वर्षयता निरन्तर खटिएर मूर्ति निर्माण गरिरहेका छन् ।

उक्त मूर्ति बनाउनका लागि स्थानीयले तीन कठ्ठा जमिनसमेत उपलब्ध गराएका छन् । मूर्ति बनाउनका लागि स्थानीय नेशन राई र उनका परिवारका सदस्यहरूले निःशुल्क रूपमा जग्गा उपलब्ध गराएका हुन् । त्यहाँ पार्क निर्माणका लागि प्रदेश १ सरकारले चालु आर्थिक वर्ष २०७८–७९ को बजेटमा २० लाख रूपैयाँसमेत छुट्याएको छ ।

मूर्ति निर्माणमा हालसम्म २९ लाख खर्च भएपनि नगरपालिकाले भुक्तानी गरिसकेको छैन । सुनसरीको धार्मिक पर्यटकीयस्थल बराहक्षेत्रमा आउने पर्यटकले देख्नेगरी प्रतिमा निर्माणाधीन छ । निर्माणकर्ता याख्या पुरानो मूल्यमान्यता र पहिचान झल्किने खाले मूर्ति बनाइएको बताउँछन् । बराहक्षेत्रतर्फ फर्किएको मूर्ति बनाउन खोजिएको बताउँदै उनले आधुनिक इन्जिनियरिङकै प्रयोगबाट मूर्ति तयार भएको र रङरोगनलगायत अन्तिम निर्माण सम्पन्न हुन बाँकी रहेको जानकारी दिए । केटिएमडटकम

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल