Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

सर्वोच्चको फैसला कार्यान्वयन गर्ने एमालेको निर्णय

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १७१ पटक पढिएको
सर्वोच्चको फैसला कार्यान्वयन गर्ने एमालेको निर्णय

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको एमालेको स्थायी कमिटीको अनौपचारिक बैठकले सर्वोच्च अदालतको सोमबारको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको छ। बैठकले फैसला त्रुटीपूर्ण भए पनि कार्यान्वयन गर्ने निष्कर्ष निकालेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।

बैठकले सर्वोच्चको फैसलाले संसदीय प्रणालीको आधारभूत संरचनालाई खल्बल्याउने विश्लेषणसमेत गरेको छ। प्रवक्ता ज्ञवालीले सर्वोच्चको फैसलाले संसदीय व्यवस्थाका आधारभूत संरचना खल्बल्याउने बताए।

मंगलबार स्थायी कमिटीको बैठक बसेर सर्वोच्चको फैसलाबारे थप धारणा बनाउने ज्ञवालीले जानकारी दिए।

सर्वोच्चले सोमबार प्रतिनिधिसभा विघटनलाई बदर गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ।

बालुवाटार बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, उपाध्यक्षहरु वामदेव गौतम र भीम रावल, महासचिब ईश्वर पोखरेल, उपमहासचिब विष्णुप्रसाद पौडेल, सचिव प्रदीपकुमार ज्ञवाली, संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्थायी कमिटी सदस्यहरु रामबहादुर थापा, टोपबहादुर रायमाझीm लेखराज भट्ट, मणिचन्द्र थापालगायतका नेताहरु उपस्थित थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल