FLASH NEWS
  • Loading...

एमाले विवादः कार्यदलको ‘फाइनल’ बैठक जारी

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १९० पटक पढिएको
एमाले विवादः कार्यदलको ‘फाइनल’ बैठक जारी

नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्न गठन गरिएको सँयुक्त कार्यदलको ‘फाइनल’ बैठक सिंहदरबारमा शुरु भएको छ। आजको बैठकबाट सहमति जुटाउने नेताहरुले बताएका छन्। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन तथा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै दायर रिटमाथिको फैसला आउनु अगावै सहमति जुटाउने प्रयास भइरहेको छ।

शुक्रबार भएको कार्यदल बैठकपछि अध्यक्ष केपी शर्मा ओली पक्षका कार्यदलका संयोजक सुवास नेम्वाङले आइतबार सुख्द समाचार सुनाउने बताएका थिए। उनले सबै विषय मिलिसकेकोसमेत दावी गरेका थिए।

यस्तै वरिष्ठ नेता माधवकुमार नेपाल निकट कार्यदलका सदस्य गोकर्ण विष्टले पनि आइतबार सहमति जुट्ने बताएका थिए। उनले केही विषयमा कुरा मिलाउन बाँकी रहेको बताएका थिए। तर, के के कुरा मिल्यो के के बाँकी भन्ने विषयमा भने दुबै नेताहरुले खुलाउन चाहेका थिएनन्।

सर्वोच्च अदालतले सोमबार फैसला गर्न सम्भावना भएकाले आइतबार एमालेको विवाद समाधान गर्न अधिकतम प्रयास गर्ने छन्। नेकपाकालीन विवाद एमाले ब्यूउँतिएपछि एमालेमा सरेको थियो। शुरुमा माधव समूहलाई अलग राखेर अध्यक्ष ओलीले एकलौटी निर्णय गर्दै आएका थिए भने माधव समूहले समानान्तर गतिविधि गर्दै आएको थियो। तर, पछिल्लो समय दुबै समूह लच हुँदै विवाद समाधान गर्न तयार देखिएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल