Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

युनियन लाइफ इन्स्योरेन्सको आईपीओ २.९४ गुणाले ओभरसब्सक्राइब्ड

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २३४ पटक पढिएको
युनियन लाइफ इन्स्योरेन्सको आईपीओ २.९४ गुणाले ओभरसब्सक्राइब्ड

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा दोस्रो दिन २.९४ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।

यो कम्पनीले हिजो बिहीबार (असार २४ गते) बाट ६४ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। कम्पनीले जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँमध्ये ३० प्रतिशत रकमबराबरको आईपीओ निष्कासन गरेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको छ।

कुल कित्तामध्ये ५ प्रतिशतले हुने ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी रहेको ५८ लाख ५ हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

धितोपत्र बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडका अनुसार आज अपराह्न ३ः३० बजेसम्म ११ लाख २८ हजार ३८४ आवेदकबाट १ करोड ८९ लाख ७९ हजार ९३० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा २.९४ गुणाले बढी हो।

यो आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा ३२ हजार २५० कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट र सीडीएससीको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ।

युनियन लाइफको आईपीओ निष्कासन बन्द असार २८ गते हुनेछ।

युनियन लाइफको आईपीओलाई धितोपत्र बोर्डले गत असार १३ गते निष्कासनको अनुमति दिएको थियो। आईपीओ निष्कासनका लागि युनियन लाइफलाई इक्रा नेपालले (इक्राएनपी–आईआर) बीबीबी रेटिङ प्रदान गरेको छ। यो रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँदछ। यो रेटिङको वैधता अवधि एक वर्ष रहनेछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल