Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

देउवा फेरि सभापतिमा लड्ने !

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १७७ पटक पढिएको
देउवा फेरि सभापतिमा लड्ने !

१४ औं महाधिवेशनको नयाँ मिति तोकिएसँगै नेपाली काँग्रेसमा महाधिवेशनको माहोल तातिएको छ। विहीबार र शुक्रबार बसेको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको नयाँ मिति तय गरेको छ। यसअघि भदौ ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने मिति तय भएकोमा अब सो मितिलाई परिवर्तन गरी भदौ १६ देखि १९ सम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय भएको छ।

काँग्रेस महाधिवेशनको मिति तोकिएको यो तेस्रो पटक हो। यसअघि २०७७ फागुनका लागि पहिलो मिति तोकिएको थियो, त्यसपछि भदौं पहिलो साता र अहिले भदौं दोस्रो तेस्रो साता।

भदौ १६ देखि १९ को मिति परिवर्तन गर्न नसकिने मिति भएकाले काँग्रेसमा अब महाधिवेशनबाट कुनै आशंका नरहेको नेताहरु बताउँछन्। संवैधानिक व्यवस्था अनुसार भदौमा महाधिवेशन गर्नुपर्ने बाध्यता रहेकाले अब काँग्रेसको महाधिवेशन हुनेमा सबै ढुृक्क देखिएका छन्। महाधिवेशनको माहोल तातिएसँगै सभापति शेरबहादुर देउवाले आफू निकटहरुसँग छलफल थालेका छन्। शनिबार सभापति देउवाले बढुानिलकण्ठस्थित आफ्नो निवासमा आफू निकट नेताहरुसँग छलफल गरेका छन्।

छलफलका क्रममा सभापति देउवाले आफू फेरि सभापतिमा उठ्ने भन्दै नेताहरुको सुझाव मागेका थिए। छलफलमा सहभागी नेताका अनुसार देउवाले अब फेरि आफै सभापतिमा लड्ने इच्छा व्यक्त गरेपछि नेताहरुले सहयोग गर्ने सुझाव दिएका थिए। छलफलमा सहमहामन्त्री सुनील थापा। केन्द्रीय सदस्यहरु भीष्मराज आङ्दाम्बे, ज्ञानेन्द्र बहादुर कार्की डिला संग्रौला, सीता गुरुङ, मीन विश्वकर्मालगायतका सहभागी थिए।

यसअिघ उपसभापति निधीले आफू पनि सभापतिको आकांक्षी रहेको भन्दै छलफल चलाएका थिए। तर, फागुन यता भने निधीले यो विषयमा छलफल गरेका छैनन्। तर, अब फेरि उनले छलफल चलाउन शुर गर्नेछन्। उता देउवा इतर समूहमा भने महाधिवेशन केन्द्रित छलफलहरु निरन्तर हुँदै आएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल