Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

यस्तो छ नागरिकता पाउने अबको व्यवस्था

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १७३ पटक पढिएको
यस्तो छ नागरिकता पाउने अबको व्यवस्था

सरकारले अध्यादेश मार्फत नागरिकता ऐन संशोधन गर्दै नेपाली नागरिक आमाबाट जन्मेका र बाबुको कुनै पहिचान नखुलेकाले पनि वंशजका आधारमा नागरिकता पाउने व्यवस्था गरेको छ। यसअघि यो व्यवस्था थिएन। आमा बाबु नै नेपाली नागरिकताधारी भएपछि तिनका सन्तानले नेपाली नागरिकता पाउने व्यवस्था थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार मन्त्रिपरिषदको सिफारिस बमोजिम यो अध्यादेश जारी गरेकी हुन्।

यस्तै नेपालमा जन्मेर नेपालमै बस्नेले पनि जन्मसिद्ध अधिकारबाट नेपाली नागरिकता पाउने व्यवस्था अध्यादेश मार्फत गरिएको छ। संसदमा रहेको नागरिकता संशोधन विधेयकमा यी दुबै विषयमा एमालेबाटै विरोध हुँदै आएको थियो। तर, सरकारले अहिले अध्यादेशमार्फत नागरिक ऐन संशोधन गरेको हो। नागरिकता ऐन २०६३ लाई २०७२ मा जारी संविधानअनुसार संशोधन गर्नुपर्ने आवश्यकता थियो। त्यसैअनुसार संसदमा विधेयक दर्ता भएको थियो।

तर, प्रतिनिधिसभा विघटनसँगै सो विधेयक निष्क्रिय भइसकेको छ। तर, अध्यादेशबाट ऐन भने संशोधन भएको छ। यो ऐन संशोधनमा मधेशवादीहरुको मुख्य माग रही आएको थियो। यो अध्यादेशलाई मधेश केन्द्रित दल तथा अभियन्ताहरुले स्वागत गरेका छन्। राप्रपाका अध्यक्ष कमल थापाले विरोध जनाएका छन्। अन्य प्रमुख दलहरु काँग्रेस र माओवादीले आफ्नो धारणा सार्वजनिक गरेका छैनन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल