Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

नेपालमा अति संक्रामक ट्रिपल म्युटेन्ट कोरोना भाइरस फैलिरहेको पुष्टि

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १७३ पटक पढिएको
नेपालमा अति संक्रामक ट्रिपल म्युटेन्ट कोरोना भाइरस फैलिरहेको पुष्टि

नेपालमा फैलिरहेको कोरोना भाइरस (ट्रिपल म्युटेन्ट भेरिएन्ट)  भारतीय भेरियन्टको भएको पुष्टि भएको छ ।अत्यधिक संक्रामक यो नयाँ भेरिएन्टलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले  ‘विश्वव्यापी चासोको भेरिएन्ट’ भनी घोषणा गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साता ३५ ओटा नमूना संकलन गरी ल्याबमा जिन सिक्वेन्सिङ गर्दा ३४ ओटा नमूनामा नयाँ भेरियन्ट पुष्टि भएको हो । सबै उमेर समूहका लागि जोखिमपूर्ण रहेको ट्रिपल म्युटेन्ट (तीन पटक उत्परिवर्तन) भेरिएन्ट नेपालमा व्यापक रूपमा फैलिरहेको अध्ययनले देखाएको छ ।

सातवटै प्रदेशबाट ‘र्‍यान्डम’ तरिकाले संकलित ३५ वटा नमुनालाई डब्लूएचओको समन्वयमा भारतमा जिन सिक्वेन्सिङ गर्दा ३४ वटा नमुना अर्थात् ९७ प्रतिशतमा ट्रिपल म्युटेन्ट भेरिएन्ट (बी.१.६१७.२) र एउटा नमुना अर्थात् तीन प्रतिशतमा डबल म्युटेन्ट भेरिएन्ट (बी.१.६१७.१) देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । योसँगै हालसम्म मुलुकमा ट्रिपल म्युटेन्ट (बी.१.६१७.२), डबल म्युटेन्ट (बी.१.६१७.१) र बेलायती (बी.१.१.७) गरी तीनवटा भेरिएन्टको पुष्टि भएको हो ।

यसअघि गत चैतको मध्यतिर गरिएको सिक्वेन्सिङमा बेलायती भेरिएन्ट (बी.१.१.७) र भारतमै देखिएको डबल म्युटेन्ट भेरिएन्ट (बी.१.६१७.१) पाइएको थियो । हाल ट्रिपल म्युटेन्ट भेरिएन्ट ३१ देशमा र डबल म्युटेन्ट भेरिएन्ट ३४ देशमा देखिएको छ ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार सिक्वेन्सिङका लागि सातवटै प्रदेशबाट संक्रमणले मृत्यु भएका र निको भएका व्यक्तिहरूको नमुना संकलन गरिएको थियो । ती नमुना ६ वर्षे बालकदेखि ८४ वर्षेसम्मका व्यक्तिको लिइएको थियो ।

स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले ट्रिपल म्युटेन्ट भेरिएन्टकै कारण चार–पाँच सातायता संक्रमण उच्च दरले बढेको बताए । ‘मुलुकमा अधिकांश संक्रमण यसकै छ,’ उनले भने, ‘यो ट्रिपल भेरिएन्टको सर्ने दर धेरै उच्च देखिएको छ । यसले सबै उमेर समूहलाई असर पार्छ भने कम उमेरका व्यक्तिलाई पनि अक्सिजन चाहिने बनाउँछ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल