Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

कोरोना संक्रमितको घरमै एकान्तवास कसैले वास्ता गर्दैनन

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २४७ पटक पढिएको
कोरोना संक्रमितको घरमै एकान्तवास कसैले वास्ता गर्दैनन

मंगला गाउँपालिका, २ सिमका सागर खड्का (२०), बेनी नगरपालिका, ८ की अनिता ढुङ्गाना (२८) र रघुगंगा गापा, २ मौवाफाँटकी इच्छा खत्री (१९) ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकी र घाँटी दुख्ने समेतका चिन्ह लक्षण सहित कोरोना संक्रमण भै विरामी भएपछि घरमै एकान्तवास छन ।
‘पिसिआर रिपोर्ट आउने दिनमा नगरपालिकाबाट कसैले फोनगरी रिपोर्ट थाहा पाउनु भयो होला, घरमै सुरक्षित बस्नु होला भन्नु भएको थियो’ अनिता डुङ्गनाले भनिन, ‘त्यसपछि रोगले च्याप्यो कि भन्ने र के औषधी खाने केही भनेनन । जनप्रतिनिधीले त कसैले पनि चासो राखेनन ।’
गम्भीर विरामी भै थप उपचार गर्नु पर्ने अवस्था नभएका कोरोना संक्रमितलाई सरकारी नीति अनुसार नै घरमै बस्न भनिएको हो । कोरोना संक्रमण पुष्टी भएपछि घरमै एकान्तवास (आईसोलेसन)मा रहेका उनीहरु एउटा कोठामा दिनरात थुनिएर बस्नु पर्दा सास्ती भएपनि सावधानीमा सचेत रहेको बताएका छन ।
‘तपाई अलग्गै बस्नु होला । परिवार र समुदायमा नजानु होला, मास्क लगाउन र केही अप्ठ्यारो भए फोन गर्नु होला भनेर गाउँपालिकाका लेखाअधिकृत सरले फोन गर्नु भएको थियो’ मंगला गापा, २ का ७ दिनदेखी घरमै एकान्तवास रहेका सागर खड्काले भने, ‘स्वास्थ्यकर्मी, डाक्टर र जनप्रतिनिधी कसैले पनि फोन गरेका छैनन ।’
स्वास्थ्य कार्यालयका अनुसार कोरोना संक्रमितलाई घरमै एकान्तवास गराउने र जोखिमबाट आएका ब्यक्तिलाई क्वारेन्टाईन गर्ने तथा मनिटर गर्ने दायित्व स्थानीय तहमा नै रहेको छ । कोरोना संक्रमित बढी च्याप्यो र कोरोना अस्पताल भर्ना भएपछि भने डाक्टरहरु सक्रिय हुने गरी योजना बनाईएको कार्यालयले जनाएको छ ।
खड्का, ढुङ्गना र खत्री मात्र होईन जिल्लामा हाल बुधवार विहानसम्म जिल्लामा १ सय २ जना सक्रिय कोरोना संक्रमित होम आईसोलेसनमा छन । घरमा विरामी भएपछि थप उपचार गर्न पोखरा/काठमाण्डौका अस्पताल पुगेपछि कोरोना संक्रमण पुष्टी भएका ५५ जना छन । अधिकांश संक्रमित युवा उमेरका तथा चिन्ह लक्षणसहितका हुन । वैशाख यता दुई जना संक्रमितको उपचार क्रममा मृत्यु भएको छ ।
एकान्तबास भएका विरामीलाई सुरुमा पिसिआर रिपोर्ट पोजेटिभ आएकोले एकान्तवास बस्न एक पटक फोन गरेपछि स्थानीय तह/जनप्रतिनिधीले थप सन्चो/विसन्चो चासो नराखेको संक्रमितले गुनासो गरेका छन ।
नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण समुदायमा फैलिएपछि संक्रमित, उनीहरुको सम्पर्कमा रहेका ब्यक्ति र जोखिम क्षेत्रबाट भित्रिएका ब्यक्तिको स्वास्थ्य परिक्षण तथा कन्ट्याक ट्याकिङ्ग भैरहेको स्थानीय तहले जनाएका छन ।
‘वडा र वस्ती तहसम्म जनप्रतिनिधीको नेतृत्वमा युवा, महिला समुह समेत परिचालन गरी कारोना संक्रमण जोखिम ब्यवस्थापन वडा समिति सक्रिय बनाएका छौं । समितिले संक्रमित, परिवार एवं सम्पर्कमा रहेका ब्यक्तिको कन्ट्याक ट्रेसिङ गर्ने र बाहिरबाट आएका ब्यक्तिको पनि ट्याकिङ गरिरहेका छौं’ मंगला गाउँपालिका प्रमुख सतप्रसाद रोकाले भने, ‘घरमै पुगेर पनि विरामी आईसोलेनमा ल्याएर राखेका छौं । सवैलाई अध्यक्षले नै भेट्न सम्भव हुँदैन तर कुनै न कुनै संयन्त्रबाट संक्रमित व जोखिममा रहेको ब्यक्तिलाई सम्
पर्क गरिएको छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल