FLASH NEWS
  • Loading...

नेपाली सेनाका जर्नेल यौनकाण्डमा जागिरबाटै बर्खास्त

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ४४३ पटक पढिएको
नेपाली सेनाका जर्नेल यौनकाण्डमा जागिरबाटै बर्खास्त

सेना दिवसको एकसाताअघि नेपाली सेनाका एकजना जर्नेल यौनकाण्डमा परेका छन्। र, यो काण्डले उनी बर्खास्तगीमा परेका छन् भने उनीसँग नाम जोडिएकी सैनिक अधिकृत महिलाको पनि जागिर गुमेको छ। शान्ति मिसनमा सुडानमा खटिंदादेखिको एकजना सैनिक अधिकृत महिलासँगको शारीरिक सम्बन्ध खुलेपछि सैनिक मुख्यालयले कडा छानविनको आदेश जारी गरेको थियो।

स्राेतअनुसार, सेना दिवसको एकसाताअघि यसरी यौनकाण्डमा नेपाली सेनाको २८ नम्बर बाहिनी सिरहाका वाहिनीपति पंकज कार्की परेका छन्। उनीमाथि छानविन गर्न केही समयअघि कोर्ट अफ इन्क्वायरी गठन गरिएको थियो।

नेपाली सेनाभित्र व्यापक शुद्धिकरणको अभियान चलाएर कार्यकाल शुरु गरेका प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाभित्र यौन दुर्व्वहार र अवैध सम्बन्धजस्ता नैतिक चारित्रिक प्रश्नमा तत्काल छानविन गरी कडा कारवाही गर्ने निर्देशन दिँदै आएका छन्।

कसरी खुल्यो कार्कीको यौनकाण्ड ?

जर्नेल पंकज कार्की नेपाली सेनाको २८ नं वाहिनीपतिमा कार्यरत रहँदा उनलाई सेनाभित्रकै कुनै सैनिक महिलासँग जोडेर संचारमाध्यममा समाचार प्रकाशित भएको थियो। सो समाचारले आफ्नो चरित्र हत्या गर्न खोजेको भन्दै जर्नेल कार्कीले आन्तरिक छानविन शुरु गरे।

उनको छानविन संचारमाध्यमलाई समाचार दिने को हो भन्नेमा केन्द्रित थियो। सैनिक स्रोतका अनुसार, जर्नेल कार्कीले आफ्नै वाहिनीका सेकेण्ड म्यान सहायक वाहिनीपति रामचन्द्र कार्कीलाई त्यसरी समाचार प्रकाशित गराएको आरोप लगाए।

तर, सहायक वाहिनीपति रामचन्द्रले सो आरोपलाई अस्वीकार गरे। दुबैका बीचमा आरोप प्रत्यारोप भएपछि यो प्रकरणले विवादको रुप लियो र घटना पृतनासम्म आइपुग्यो। रामचन्द्रले आफूमाथि गलत आरोप लगाइएको भन्दै पृतनामा रिपोर्ट गरेका थिए।

उनको रिपोर्टका आधारमा पृतना कार्यालयले छानविन शुरु गर्यो। छानविनमा क्रममा समाचार कसरी बाहिर गयो भन्ने त छँदै थियो, बाहिनीपति पंकजमाथि लागेको यौनकाण्डको आरोप के हो? भन्ने कुरा पनि उठ्यो।

छानविनका क्रममा सहकर्मी सैनिक महिलासंगको जर्नेल पंकजको सम्बन्धको कुरा प्रकट भएपछि पृतना कार्यालयले सो प्रकरणलाई थप छानविनका लागि सैनिक मुख्यालय पठायो। जव सो प्रकरणमा कोर्ट अफ इन्क्यावरी गठन भयो तब उनको टेलिफोनको विस्तृत विवरण चेक गरियो।

मोवाइल टेलिफोनका म्यासेसहरु चेक गर्ने क्रममा शान्ति मिसन सुडानमा कार्यरत रहँदा जर्नेल पंकजको सुडानमै कार्यरत नेपाली सैनिक अधिकृत मेजर महिलासँग यौनसम्बन्ध भएको प्रमाण फेला परेको थियो।

बाहिनीमा कार्यरत सैनिक महिलासंगको सन्दर्भले सुडान मिसनमा रहँदाको यौनसम्बन्ध खुलेपछि जर्नेल पंकज अप्ठेरोमा परे। सैनिक कोर्ट अफ इन्क्वायरी बोर्डले जर्नेल पंकजसँग नाम जोडिएका सैनिक महिलासँग समेत बयान लियो।  यसक्रममा सुडानको प्रकरणसँग जोडिएकी मेजर महिलाले जर्नेल पंकजसँग आफ्नो सम्बन्ध भएको स्वीकार गरेको सैनिक स्रोतले बताएको छ।

सबै अनुसन्धानहरुले जर्नेल पंकजको विवाहित भएर पनि अरु महिलासँग यौन सम्बन्ध राखेको त्यसमाथि पनि आफ्नै सहकर्मीहरुसँग यौनसम्बन्ध भएको पुष्टि भएपछि कोर्ट अफ इन्क्वायरी बोर्डले कोर्ट मार्शल गर्दै जागिरबाट बर्खास्त गर्ने फैशला गरेको छ। पंकजसँगै उनीसँग नाम जोडिएकी सैनिक अधिकृत महिलाको पनि जागिर गुमेको बताइएको छ। याे समाचार डिसीनेपालमा प्रकाशित छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल