Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

७५ प्रतिशत कोभिड भ्याक्सिन १० देशको कब्जामा

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ४१२ पटक पढिएको
७५ प्रतिशत कोभिड भ्याक्सिन १० देशको कब्जामा

कोरोना महामारी रोक्नको लागि विश्वका धेरै देशहरुमा खोप अभियान चलिरहेको छ । जुन देशमा भ्याक्सिन उत्पादन भएको छैन ती देशले अर्को देशबाट आयात गरेर भ्याक्सिन अभियान चलाइरहेका छन् । तर, संयुक्त राष्ट्रसंघले भने भ्याक्सिनको यो वितरण सही तरिकाले नभएको ठहर गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले भ्याक्सिनको अनुचित वितरणको आलोचना गरेका छन् ।

अल जजीराका अनुसार गुटेर्रेसले अहिलेसम्म चलेको खोप अभियानमा कूल दिइएको खोपमध्ये ७५ प्रतिशत खोप केवल १० देशमा दिइएको बताएका छन् । संयुक्त राष्ट्रसंघको उच्चस्तरीय बैठकमा महासचिव गुटेर्रेसले १ सय ३० देशले भ्याक्सिनको एक डोज पनि नपाएको बताए । उनले भने ‘यो संवेदनशील समयमा पूरै विश्वको अगाडि भ्याक्सिनको समान वितरण सबैभन्दा ठूलो नैतिक परीक्षा हो ।’

गुटेर्रेसले निष्पक्ष तरिकाले भ्याक्सिन वितरण सुनिश्चित गर्नको लागि तत्काल विश्वव्यापी खोप अभियान ल्याउनुपर्ने आवश्यकता औंल्याए । यसमा वैज्ञानिक, भ्याक्सिन निर्माताहरु र फण्ड दिने संघ संस्था वा व्यक्तिहरुलाई सहभागी बनाउनुपर्ने सल्लाह दिएका छन् ताकि छिटोभन्दा छिटो हरेक देशका सबै मानिसहरुलाई भ्याक्सिन लगाउन सकियोस् । गुटेर्रेसले यसको लागि विश्वका प्रमुख आर्थिक शक्तिहरुले आकस्मिक टास्क फोर्स बनाउनुपर्ने बताए जसमा औषधि कम्पनीहरु, उद्योगहरु र भ्याक्सिन बनाउने कर्मचारीहरुलाई एकसाथ ल्याउन सकियोस् ।

स्वास्थ्य विशेषज्ञहरुका अनुसार विश्वका कैयौं क्षेत्रमा अहिले भ्याक्सिनको काम सुरु पनि हुन सकेको छैन र त्यहाँ भाइरस म्युटेट भइरहेको छ । यसरी भाइरस म्युटेट हुँदै जाँदा यो भाइरसबाट छुटकारा पाउनु सम्भव नभएको विशेषज्ञ बताउँछन् । रिपोर्टका अनुसार बेलायतका विदेश सचिव डोमिनिक राबले संयुक्त राष्ट्रसंघसँग केही क्षेत्रमा युद्धबिरामको लागि स्क प्रस्ता स्वीकार गर्न आग्रह गरेका छन् ।

यमन, दक्षिण सुडान, सोमालिया, इथियोपिया जस्ता देशहरुमा संघर्ष र अस्थिरताका कारण मानिसहरुले भ्याक्सिन नपाउने खतरा छ । अर्कोतर्फ कैयौं विशेषज्ञहरुले विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रमको पनि आलोचना गरेका छन् । विशेषज्ञहरुका अनुसार विश्व स्वास्थ्य संगठन गरिब देशहरुलाई भ्याक्सिन उपलब्ध गराउने आफ्नो लक्ष्यबाट अल्मलिएको छ । source-agangy

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल