- Loading...
अान्दाेलन चर्केपछि बंगलादेशी प्रधानमन्त्री भागेर भारतको त्रिपुरा पुगिन्
- पुनहिल डट कम
- ६ महिना अघि
- २१४ पटक पढिएको

बंगलादेशी प्रधानमन्त्री शेख हसिना भागेर भारतको त्रिपुरा राज्य पुगेकी छिन् ।
विद्यार्थीहरूले आरक्षणको विरोधमा सुरु गरेको विरोध प्रदर्शन हिंसात्मक भएर एकैदिन १०० भन्दा धेरैको ज्यान गएके र आन्दोलनकारीले आवासमै छिरेर प्रदर्शन गरेपछि देश छाडेकी उनी ढाकाबाट हेलिकप्टरमा त्रिपुरा पुगेकी हुन ।
बंगलादेशको प्रमुख अखबार प्रथम आलोका अनुसार शेख हसिना सोमबार दिउँसो २ः३० बजे बंगभवनबाट सैनिक हेलिकप्टरमा उडेकी हुन् ।
त्यतिबेला उनकी बहिनी शेख रेहाना उनीसँगै थिइन् । उनीहरु हेलिकप्टरबाट भारतको पश्चिम बंगालतर्फ प्रस्थान गरेको स्रोतले जनाएको छ ।
यसैबीच समाचार एजेन्सी एएफपीले शेख हसिना र उनकी कान्छी बहिनी शेख रेहानाले बंगभवन छोडेर सुरक्षित स्थानमा पुगेको बताएको छ । शेख हसिना जानुअघि भाषण रेकर्ड गर्न चाहन्थिन् । उनले त्यो मौका पाइनन् ।
प्रधानमन्त्रीले देश छाडेपछि सेना प्रमुख जनरल वकार–उज–जमानले सेना मुख्यालयमा विभिन्न राजनीतिक दलका नेता र विशिष्ट व्यक्तिसँग भेटवार्ता गरिरहेका छन् । बैठकमा राष्ट्रिय पार्टीका वरिष्ठ सहअध्यक्ष अनिसुल इस्लाम महमुद र पार्टीका महासचिव मुजिबुल हक चुन्नुलाई आमन्त्रण गरिएको छ ।
यो बैठक सैनिक मुख्यालयमा चलिरहेको छ । ढाका विश्वविद्यालयका कानून विभागका प्राध्यापक आसिफ नजरुललाई पनि सेना प्रमुख जनरल वकार–उज–जमानसँगको बैठकमा आमन्त्रित गरिएको थियो ।
सेना प्रमुख जनरल वकार–उज–जमानले जनतालाई हिंसाबाट टाढा रहन र धैर्यता अपनाउन अनुरोध गरिएको छ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
