FLASH NEWS
  • Loading...

अान्दाेलन चर्केपछि बंगलादेशी प्रधानमन्त्री भागेर भारतको त्रिपुरा पुगिन्

  • पुनहिल डट कम
  • १ साल अघि
  • ७७० पटक पढिएको
अान्दाेलन चर्केपछि बंगलादेशी प्रधानमन्त्री भागेर भारतको त्रिपुरा पुगिन्

बंगलादेशी प्रधानमन्त्री शेख हसिना भागेर भारतको त्रिपुरा राज्य पुगेकी छिन् ।

विद्यार्थीहरूले आरक्षणको विरोधमा सुरु गरेको विरोध प्रदर्शन हिंसात्मक भएर एकैदिन १०० भन्दा धेरैको ज्यान गएके र आन्दोलनकारीले आवासमै छिरेर प्रदर्शन गरेपछि देश छाडेकी उनी ढाकाबाट हेलिकप्टरमा त्रिपुरा पुगेकी हुन ।

बंगलादेशको प्रमुख अखबार प्रथम आलोका अनुसार शेख हसिना सोमबार दिउँसो २ः३० बजे बंगभवनबाट सैनिक हेलिकप्टरमा उडेकी हुन् ।

त्यतिबेला उनकी बहिनी शेख रेहाना उनीसँगै थिइन् । उनीहरु हेलिकप्टरबाट भारतको पश्चिम बंगालतर्फ प्रस्थान गरेको स्रोतले जनाएको छ ।

यसैबीच समाचार एजेन्सी एएफपीले शेख हसिना र उनकी कान्छी बहिनी शेख रेहानाले बंगभवन छोडेर सुरक्षित स्थानमा पुगेको बताएको छ । शेख हसिना जानुअघि भाषण रेकर्ड गर्न चाहन्थिन् । उनले त्यो मौका पाइनन् ।

प्रधानमन्त्रीले देश छाडेपछि सेना प्रमुख जनरल वकार–उज–जमानले सेना मुख्यालयमा विभिन्न राजनीतिक दलका नेता र विशिष्ट व्यक्तिसँग भेटवार्ता गरिरहेका छन् । बैठकमा राष्ट्रिय पार्टीका वरिष्ठ सहअध्यक्ष अनिसुल इस्लाम महमुद र पार्टीका महासचिव मुजिबुल हक चुन्नुलाई आमन्त्रण गरिएको छ ।

यो बैठक सैनिक मुख्यालयमा चलिरहेको छ । ढाका विश्वविद्यालयका कानून विभागका प्राध्यापक आसिफ नजरुललाई पनि सेना प्रमुख जनरल वकार–उज–जमानसँगको बैठकमा आमन्त्रित गरिएको थियो ।

सेना प्रमुख जनरल वकार–उज–जमानले जनतालाई हिंसाबाट टाढा रहन र धैर्यता अपनाउन अनुरोध गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र