Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

अब खोप ७ खालका दीर्घरोगीलाई

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १४७ पटक पढिएको
अब खोप ७ खालका दीर्घरोगीलाई

सरकारले सात प्रकारका दीर्घरोगीलाई कोरोनाविरुद्धको खोप लगाउन उच्च प्राथमिकतामा राखेको छ । कोरोनाले मृत्यु हुनेमा २५ प्रतिशतभन्दा बढी दीर्घरोगी पाइएकाले खोप लगाउन उनीहरूलाई प्राथमिकतामा राखिएको हो ।

मन्त्रालयका अनुसार श्वासप्रश्वासका दीर्घरोगीमा सीओपीडी (क्रोनिक अब्स्ट्रक्टिभ पल्मनरी डिजिज) र कडा प्रकारको दम भएकाहरू, असाध्य मिर्गौला रोगी, मुटुको धमनीमा समस्या भएका तथा मुटुले पूर्ण रूपमा काम नगर्ने र जटिल प्रकारका मधुमेहका बिरामीका साथै अंग प्रत्यारोपण गराएकाहरू, क्यान्सर रोगी तथा सिकल सेल एनिमिया रोगले ग्रसितहरूलाई खोप दिने योजना बनाइएको छ । ‘दीर्घरोगी सबैभन्दा जोखिममा छन् । श्वासप्रश्वाससम्बन्धी दीर्घरोगीलाई जोगाउन हामी सधैं जाडो सुरु हुनुअघि इन्फ्लुएन्जाको खोप लगाउँछौं । कोरोनाले त अझ बढी छाती रोगसहित अन्य दीर्घरोगीलाई असर गरेको पाइयो,’ शिक्षण अस्पताल महाराजगन्जका छाती रोग विशेषज्ञ एवं कोभिड–१९ उपचारका संयोजक डा. सन्तकुमार दासले भने, ‘उनीहरूलाई खोप लगाउँदा मृत्युदरमा कमी आउने निश्चित छ ।’

दीर्घरोगीमध्ये पनि मिर्गौला, फोक्सो, मुटुका विभिन्न समस्या भएका तथा क्यान्सरबाट थलिएकालाई कोरोनाले बढी सकस दिएको देखिएको उनले बताए । ‘बढी जोखिममा भएकालाई सुरक्षित गर्न खोप दिनका लागि प्राथमिकता दिनु उचित हो,’ उनले भने, ‘अन्तर्राष्ट्रिय अभ्यास पनि यही छ । त्यसैले सरकारको योजना स्वाभाविक हो ।’ संक्रमण युवाहरूलाई बढी देखिए पनि मृत्युदर वृद्ध र दीर्घरोगीमा बढी रहेको उनले बताए ।

सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विशेषज्ञ डा. अनुप बाँस्तोलाले रक्त क्यान्सरसहित कोरोनाको निमोनिया भएका कसैलाई बचाउन नसकिएको दाबी गरे । ‘कोरोनाले ६० वर्षभन्दा माथिका मधुमेह र विभिन्न प्रकारका दीर्घरोगीलाई नै सताउँदो रहेछ,’ उनले भने, ‘एउटा परिवारमा सबै संक्रमित हुँदा वृद्धवृद्धाको मृत्यु भयो भने युवा छोराछोरी बाँचे । यो अवस्था अध्ययन गर्दा वृद्धवृद्धालाई कोरोनाले च्यापेको देखिन्छ ।’ मन्त्रालयका अनुसार कोरोनाले मृत्यु हुनेमा पनि ७५ वर्षभन्दा माथिका २५ प्रतिशतभन्दा बढी छन् ।

मन्त्रालयले यसअघि बनाएको योजनाअनुसार दोस्रो प्राथमिकतामा पर्ने समूह कुल जनसंख्याको १७ प्रतिशत अर्थात् ५१ लाख ६४ हजार, २ सय ६९ जना रहेको अनुमानित तथ्यांक छ । उनीहरूका लागि मात्रै १ करोड ४ लाख ४३ हजार १ सय ८५ डोज खोप आवश्यक पर्छ । तर नेपालले कहाँबाट कति खोप खरिद गरेर ल्याउँछ भन्ने टुंगो भने भइसकेको छैन ।

‘सुविधा पर्खिने, कम्पनीले दिने मूल्यमा लिने वा सहुलियतका लागि पहल आदि के गर्दा सहज हुन्छ त्यही गर्नेमा सरकारले नीति प्रस्ट पारिसकेको छ,’ स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा प्रमुख भीमसिंह तिंकरीले भने, ‘आवश्यक खोप खरिदका लागि पहल भइरहेको छ । सरकारले निर्धारण गरेको प्राथमिकताअनुसार कुनै पनि बेला खोप ल्याउन सकिन्छ ।’ चीन सरकारले आइतबार नेपाललाई १ लाख ५० हजार जनालाई पुग्ने गरी तीन लाख मात्रा खोप सहयोग गर्ने जनाएको थियो । चिनियाँ सरकारी कम्पनी ‘सिनोफार्म’ ले बनाएको उक्त खोपलाई औषधि व्यवस्था विभागले नेपालमा आपत्कालीन प्रयोग अनुमति दिइसकेको छैन । भारतबाट सहयोगमा भित्रिएको १० लाख मात्रा ‘कोभिसिल्ड’ खोप अहिले लगाउने काम भइरहेको छ, जुन खोपलाई विभागले नेपालमा आपत्कालीन प्रयोग अनुमति पनि दिएको छ । ekantipur.com

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल