Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

जनश्वास्थ्य मापदण्ड पालना नहुँदा कोरोना बढ्दै

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २७९ पटक पढिएको
जनश्वास्थ्य मापदण्ड पालना नहुँदा कोरोना बढ्दै

कोरना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न मास्क लगाउने समेतका आधारभुत जनश्वास्थ्य मापदण्डको पालनामा हेलचक्रयाई हुँदा कोरोना संक्रमित बढ्न थालेका छन ।
पछिल्लो एक महिनामा जिल्लाका कम्तीमा ६ जना युवा उमेर विरामीको कोरोनासँग मिल्ने लक्षणसहितको रोगबाट अकस्मात मृत्यु भएपछि स्वास्थ्य मापदण्ड पालना र स्वास्थ्य सावधानीमा हेलचक्र्याई भएको कुरा उठन थालेको हो ।
‘३५ बर्षमुनीका ६–७ जना युवा अवस्थाका विरामीको अकस्मात मृत्यु भयो । उनीहरुको स्वावको पिसिआर परिक्षण नभएकोले कोरोना संक्रमणबाट भन्न मिल्दैन तर रोगको धेरै लक्षण कोरोनासँग मिल्दो थियो’ रेडक्रसका कोरोना फोकल पर्सन सुरत केसीले भने, ‘यी ब्यक्तिको असामयिक निधन समाजमा कोरोना लुकाएर राखिएको र ज्यादै स्वास्थ्य मापदण्ड पालनामा हदै लापर्वाही भएको देखिन्छ ।’
बेनी अस्पतालमा उपचारकालागी आएका शंकास्पद विरामीको माघ २ गते पिसिआर परिक्षण गर्दा ५ मध्य जनामध्य ४ जना र ३ गते ३ जना मध्य ३ जनामै कोरोना भेटिएको थियो । हाल बेनीमा ७ जना सक्रिय संक्रमित छन । आईतवार मात्र दुई जना कोरोना संक्रमित गम्भीर विरामी पोखरा रिफर गरिएको थियो ।
‘जनश्वास्थ्य मापदण्ड पालनाको नियमन गर्ने जिम्मेवारी सरकारले सम्बन्धीत स्थानीय तह र सरोकारवाला निकायलाई नै दिएको छ । मुख्य कुरा ब्यक्ति आफै जिम्मेवार भै स्वास्थ्य मापदण्ड पालना गर्नु हो’ प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भने, ‘जुलुश, सभा समारोह समेत राजनैतिक गतिविधीले कोरोना कहर विच अपनाउनु पर्ने स्वास्थ्य मापदण्ड पालनालाई ओझेलमा पारेको छ । हामी सवै पक्षलाई स्वास्थ्य सावधानी अपनाउन सचेत बनाउन छोड्नु हुँदैन ।’
स्वास्थ्य कार्यालयका अनुसार अस्पतालमा उपचार गराउन आएका विरामीमध्य कोभिड संक्रमण आशंका गरिएका विरामीको स्वाव परिक्षण गर्दा सतप्रतिशतसम्म संक्रमित फेला पर्ने गरेका छन । सरकारको पछिल्लो रणनिती अनुसार अस्पतालको बहिरंग वा इमर्जेन्सी सेवा लिन आएका विरामीमध्य डाक्टरले कोरोना संक्रमणका शंकास्पद विरामीलाई स्वावको नमुना परिक्षण गर्न पठाउने र विरामीलाई आईसोलेट गर्ने गरिएको छ ।
‘पहिला पहिलो समाचारमा कोरोनाको धेरै समाचार आउँथ्यो र डरले पनि मास्क लगाईन्थ्यो ।अहिले सवै खुल्यो, कोरोना नै छैन झै भएकोले मास्क लगाउने कुरा नै विर्सन्छ’ बेनीको क्याम्पसचोक नाम बताउन नमान्ने एक बटुवाले भने, ‘ठूलावडाले मास्क नलगाउँदा सर्वसाधारणले पनि मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने सवै कुरा छोड्दै गए ।’
स्वास्थ्य कार्यालयको अभिलेख अनुसार हालसम्म जिल्लामा २ हजार ३ सय ६४ जनाको स्वाव परिक्षण गरिएकोमा २ सय ११ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । यी मध्य हाल ७ जना सक्रिय संक्रमित रहेका छन । दुई जना कोराना संक्रमणको शंकास्पद विरामीको पिसिआर रिपोर्ट आउन बाँकी छन । जिल्लामा हालसम्म कोरोनाकै कारण तीन जनाको ज्यान गएको छ ।
‘लौरो लगाएर स्वास्थ्य मापदण्ड पालना गराउने रणनिती फेरिएको छ, अव नागरिक खोपको अधिकार पाउनु अघि आफै जिम्मेवार बन्ने, कोरोना संक्रमणबाट जोगिन सावधानी हुने हो’ स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालले भने, ‘कोरोना संक्रमितको कन्ट्राक ट्रेसिङ पनि हुँदैन । अन्य विरामी जस्तै अस्पतालमा ओपिडी लाईनमा बस्ने, डाक्टरलाई शंका लागे पिसिआर गराउँछन, नत्र नियमित विरामीको झै उपचार गर्ने घर फर्कने नै हो ।’

कोरोना लागेको कारण जागिर खोसिएको गुनासो 
यहाँका एक ब्यक्तिले कोरोना लागेकै कारण जागिर गुमाउनु परेको गुनासो गरेका छन ।
अन्नपूर्ण गाउँपालिका, ६ पोखरेवगर घर भै सोही ठाउँमा रहेको प्रभु वैंकको शाखा कार्यालयमा कार्यरत शिव वरुवालले कोरोना संक्रमण भएको कारण रोजगारदाता कम्पनी एक्सीलेन्ट सेक्युरिटीले जागिरबाट निकालेको बताएका छन ।
प्रभु वैंकको पोखरे शाखामा कार्यरत रहेकै अवस्थामा कन्ट्याक ट्रेसिङको आधारमा स्वास्थ्य कार्यालय म्याग्दीले पुस १ गते स्वाव परिक्षण गरेको र पुस ५ गते बरुवाललाई कोरोना पुष्टी भएको थियो । कोरोना पुष्टीभएपछि उनी १५ दिन होम आईसोलेसनमा बसेपछि वरुवाल पुस २१ गते काममा फर्केका थिए तर कार्यालयमा उनको सट्टामा अर्कै ब्यक्ति राखिएको थियो ।
‘कोरोना पुष्टी भएपछि म १५ दिन होमआईसोलेसन बसी काममा फर्कदा मेरो ठाउँमा अर्कै ब्यक्ति नियुक्त गरिएको थियो । बैंकलाई सोध्दा माथीबाट अर्को पठाएको भन्ने जवाफ दियो । म कार्यरत कम्पनी एक्सीलेन्ट सेक्युरिटीलाई सोध्दा लामो समयसम्म खालीहुँदा एक जनाले मात्र बैंकको सेक्युरिटी जिम्मेवारी लिन नसक्ने भएकोले अर्को पठाएको उत्तर दियो’ सुरक्षा गार्डको जागिर गुमाएका शिव वरुवालले भने, ‘ अहिले कतै खाली छैन, पोखरा वा काठमाण्डौमा काममा जोडिदिन्छु त भनेको छ, दैलोको सुरक्षा गार्डको तलव बाहिर गएर कसरी बच्छ र ?’

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल