Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

चीनले भन्यो : उपमन्त्रीको नेपाल भ्रमण हस्तक्षेप होइन, सहयोग बढाउन हो

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ३१९ पटक पढिएको
चीनले भन्यो : उपमन्त्रीको नेपाल भ्रमण हस्तक्षेप होइन, सहयोग बढाउन हो

नेकपा विवादपछि चिनियाँ कम्युनिष्ट पार्टीले उच्चस्तरीय अधिकारीलाई काठमाडौं पठाएको विषयमा मुख खोलेको छ। सोमबार चिनियाँ विदेश मन्त्रालयमा आयोजित नियमति पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजानले चीनको आधारभूति सिद्धान्त कुनै पनि मुलुकमा हस्तक्षेप नगर्ने रहेको बताएका छन्। उनले चीन यो सिद्धान्तमा अडिग रहेकोसमेत बताएका छन्।

नेपालमा सत्तारुढ दल नेकपामा विभाजन आएपछि नेकपाको एक गुटको निमन्त्रणामा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री गुओ येचौ ४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार काठमाडौं आएक थिए।

चिनिया प्रतिनिधिमण्डलले काठमाडौं पुगेपछि उच्च स्तरीय राजनीतिक भेटघाटसमेत गरिरहेको छ। आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेको प्रतिनिधिमण्डलले सोमबार नेकपा (प्रचण्ड–माधव)का अध्यक्ष पुष्पकमल दाहाल र अर्का अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेको छ। नेपालमा नेकपामा विवाद हुँदा काठमाडौंस्थित राजदूत होउ यान्छीप् सक्रिय हुँदै आएकी थिइन्। यो पटक विभाजन हुँदा चिनियाँ उच्च अधिकारी नै नेपाल आएपछि नेपालको राजनीतिमा चिनियाँ हस्तक्षेप भएको भन्दै चीनको आलोचना भइरहेको छ।

चीनले नेपालमा हस्तक्षेप बढाएको भन्दै आलोचना भएपछि सोमबार चिनियाँ विदेश मन्त्रालयले त्यसलाई खण्डन गर्दै हस्तक्षेप नगर्ने नीतिमा अडिग रहेको बताएको हो। चीनले आपसी हित, कोरोना महामारी विरुद्धको लडाई र विकासका बारेमा यो भ्रमण भएको बताएको छ। तर, यो चिनियाँ प्रतिनिधिमण्डलको भ्रमणबारे नेपालको परराष्ट्र मन्त्रालयलाई कुनै औपचारिक जानकारी भने छैन। परराष्ट्र प्रवक्ता सेवा लम्साललले चिनियाँ प्रतिनिधिमण्डलको भ्रमणबारे औपचारिक जानकारी नभएको बताएकी छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल