Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

प्रमको राष्ट्रका नाममा सम्बोधन: सरकार कोभिड–१९ को उपचारमा पछि हटेको छैन

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १६३ पटक पढिएको
प्रमको राष्ट्रका नाममा सम्बोधन: सरकार कोभिड–१९ को उपचारमा पछि हटेको छैन

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार कोरोना भाइरस (कोभिड–१९ ) को पहिचान, परीक्षण र उपचार व्यवस्थापनमा पछि नहटेको स्पष्ट पारेका छन् ।

राष्ट्रका नाममा शुक्रबार अपरान्ह सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संक्रमितको मृत्यु हुँदा पूर्ववत हुँदै आएको शव व्यवस्थापन कार्य पनि यथावत् कायम रहने बताए ।

सरकारले हुनेले नहुने सबैको स्वास्थ्य सेवामा समान पहुँच बनाउन मात्र त्यस्तो आह्वान गरेको हो भन्दै उनले राष्ट्रिय विपत्तिका बेला अफवाह चलिरहने र तिनको विश्वास नगर्न पनि उनले आग्रह गरे ।

केही दिनअघिमात्र सरकारले स्वास्थ्यकर्मी, सफाइकर्मी, विपन्न, असहाय, अपाङ्गता भएका व्यक्ति लगायतको मात्र निःशुल्क उपचार गर्ने जनाएपछि त्यसको चौतर्फी विरोध भएको थियो । ‘कसैले उपचार गर्न सक्दिनँ भनी स्वघोषणा गरे सरकारले आफैले उपचार गरिदिन्छ,’ उनले सम्बोधनमा भने ।

यसैगरी, उनले दसैं लगायत पर्वको शुभकामना दिँदै भने, ‘विभिन्न ऐतिहासिक पृष्ठभूमि आधारमा चाडपर्व विकास भएका हुन् । सामाजिक सुप्रबन्ध कायम गर्न निर्माण भएका चाडपर्वहरु क्रमशः प्रचलनमा आएका हुन् । पूर्वज र अग्रजहरुले विभिन्न उत्सव र चाडपर्वको विकास गरे । यिनीहरु समाजलाई एकीकृत र आकर्षित गर्ने चुम्बक हुन् । चाडपर्वहरु मितव्ययी र सचेत तरिकाले मनाउनुपर्दछ ।’

कोभिड–१९ को सचेतनाबिनै अनावश्यक रुपमा मानिससँग नजिकिँदा कोरोनाको भय नहोला भन्न सकिन्न भन्दै प्रधानमन्त्री ओलीले यसपालि कोभिड–१९ महामारीको कारण प्रभावमा परेको हुँदा विगतमा भन्दा फरक तरिकाले मनाउनुपर्ने सुझाव पनि दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल