FLASH NEWS
  • Loading...

दिनदिनै बढिरहेको छ सङ्क्रमण?

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १६३ पटक पढिएको
दिनदिनै बढिरहेको छ सङ्क्रमण?

नेपालमा थप ४,३६४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ। यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो।

अहिले फेला परेका सङ्क्रमितमध्ये २,५०० जनाभन्दा बढी काठमाण्डू उपत्यकाका हुन्। योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ९८,६०० नाघेको छ। विगत २४ घण्टामा १२ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । अहिले देशभरि २६,६८४ जनामा सक्रिय सङ्क्रमण छ।

नेपालमा चीनबाट फर्किएका एक व्यक्तिमा ज्यानुअरी महिनामै कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो। केही महिना विदेशबाट फर्किएका व्यक्तिमा फाट्टफुट्ट सङ्क्रमण देखिएको भए पनि मे महिनादेखि दैनिक सङ्क्रमण पुष्टि हुने क्रम ह्वात्तै बढ्यो।

लाग्छ त लकडाउन? 

मन्त्रालयले यसअघि देशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या २५,००० पुगे लकडाउन लगाउन सकिने सङ्केत गरेको थियो। के अब लडकाउन लाग्छ त?  मन्त्रालयको दैनिक प्रेस ब्रीफिङअघि बीबीसी न्यूज नेपालीसँग कुरा गर्दै मन्त्रालयका प्रवक्ता गौतमले त्यसबारे अध्ययन भइरहेको र निर्णय हुन बाँकी भएको जनाए।

“अध्ययन गर्दैछौँ, शय्या उपलब्ध हुन्जेल हामी लकडाउन गर्दैनौँ। शय्या बढाइरहेका छौँ, अस्पताल पनि थपिरहेका छौँ,” उनले भने, “के गर्ने भन्ने हामी हेर्दैछौँ हामीले निर्णय गरिसकेका छैनौँ।”

देशभरि लकडाउन गर्ने योजना नभएको बरु कुनैकुनै जिल्लामा गर्नुपर्ने अवस्था आउन सक्ने उनको ठम्याइ छ। लकडाउनले “बिरामी सन्चो नहुने” तर त्यसबाट बिरामीको सङ्ख्या भने केही कम हुने उनको तर्क छ। “दुई हप्तामा बिरामी सन्चो हुन्छन् अनि नयाँ बिरामी राख्न सकिन्छ भनेर त्यसो गर्ने हो।”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल