FLASH NEWS
  • Loading...

अनलाइन पत्रकार सञ्जालमा अवस्थी

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १७० पटक पढिएको
अनलाइन पत्रकार सञ्जालमा अवस्थी

स्वरोजगार अनलाइन मिडियाको व्यावसायिक हकहितका लागि क्रियाशील हुने उद्देश्यले अनलाइन पत्रकार सञ्जाल नेपाल (ओजोन) को गठन गरिएको छ । आजभोलि डट कमका प्रकाशक सम्पादक लोकराज अवस्थीका संयोजकत्वमा १३ सदस्यीय संयोजन समिति गठन गरिएको हो ।

सदस्यमा शिवराज योगी, पदमराज जोशी, शिवराज खड्का, माधवप्रसाद घिमिरे, निरोज तोलाङे, हरिबहादुर परियार, सरिता तिमल्सिना पँगेनी, विष्णुप्रसाद बेल्वासे, गोपाल बराइली, मीन बम, कमला हमाल र श्रवणप्रसाद शाह छन् ।

अनलाइन सञ्चार संस्था सञ्चालन तथा कार्यरत सञ्चारकर्मीलाई एकीकृत तथा सङ्गठित गर्दै समग्र अनलाइन पत्रकारिता हकहितका लागि सञ्जालको गठन गरिएको संयोजक अवस्थीले बताए ।

अनलाइन पत्रकारिताको व्यावसायिक गुणस्तर र क्षमता अभिवृद्धिका लागि पहल गर्ने सञ्जालको उद्देश्य छ । सञ्जालले देशभर अनलाइन पत्रकारिताको व्यावसायिक गुणस्तर र क्षमता अभिवृद्धिका लागि पहल गर्ने, सूचना प्रविधिका क्षेत्रमा आएका नवीनतम प्रविधिको प्रयोगमा पत्रकारलाई अभ्यस्त गराउन पहल गर्ने, अनलाइन पत्रपत्रिका दर्ता, नवीकरण तथा आबद्धता गराउने काममा सरकारी तहमा हुने अनावश्यक कानूनी झमेला, झन्झट र विलम्बमा सहजीकरण गर्न पहल गर्ने तथा अनलाइन सञ्चारमाध्यमका लागि न्यायोचितरुपमा विज्ञापन वितरणका लागि पहल र दबाब सिर्जना गर्ने जनाइएकाे छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल