FLASH NEWS
  • Loading...

देउवाविरुद्ध रणनीति बनाउँदै पौडेल समुह

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २४३ पटक पढिएको
देउवाविरुद्ध रणनीति बनाउँदै पौडेल समुह

आफ्नो विरोधका बावजुद सभापति शेरबहादुर देउवाले पार्टीका विभागमा धमाधम मनोनयन गरेपद्धि क्रद्ध बनेको वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले आगामी दिनमा कसरी संघर्ष गर्ने भनेर रणनीति बनाउने तयारी गरेको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको महाधिवेशन मिति नजिकिँदै जाँदा सभापति देउवा समुह र वरिष्ठ नेता पौडेल समुहबीच विवाद चर्किएको छ। हालै वरिष्ठ नेता पौडेलले सभापति देउवाको निवासमै पुगेर विभाग गठनप्रति असन्तुष्टि जनाउँदै विभाग गठन गर्ने निर्णय फिर्ता लिन माग गरेका थिए। तर, सभापति देउवाले गएको शुक्रबार र शनिबार थप दुई वटा विभागमा ९६ जनालाई मनोनित गरे।

यसपछि क्रद्ध बनेको पौडेल समुहको शनिबार भर्चुअल बैठक भएको छ। भर्चुअल छलफलमा पौडेलसहित महामन्त्री डा. सशांक कोइराला, नेता डा. शेखर कोइराला, प्रकाशमान सिंह, महेश आचार्य, धनराज गुरुङ, गुरुराज घिमिरे, जीवन परियार, कल्याण्ड गुरुङलगायतका नेताहरु सहभागी रहेको स्रोतले बतायो।

स्रोतका अनुसार शनिबारको बैठकमा यसअघि गुरुराज घिमिरे, बद्री पाण्डे र जीवन परियार सदस्य रहेको कार्यदलले दिएको प्रतिवेदनमाथि छलफल भएको छ। सो कार्यदलले सभापति देउवाले ‘विधान मिचेर’ गरेका मनोयनको सूची, क्रियाशिल सदस्यता वितरणमा गरिएको हस्तक्षेप, भातृ संस्थामा गरिएको म्याद थपको सूची तयार पारेर आगामी रणनीतिबारे सुझाव दिएको छ। कार्यदलले देउवाको एकलौटी निर्णयविरुद्ध अनशन बस्ने, धर्ना दिनेदेखि सभापतिबाट मनोनितहरुले सामुहिक राजीनामा दिनेसम्मको सुझाव दिएको छ।

वरिष्ठ नेता पौडेलले सभापतिले विधान विपरित गरेका गतिविधिबारे छलफल भएको डिसी नेपाललाई बताए। तर, अब उनीहरुको स्टेप के हुन्छ भन्ने विषयमा भने उनले केही खुलाएनन्। डिसी नेपालसँग वरिष्ठ नेता पौडेलले भने, ‘हामीले गहन छलफल गरेका छौं। अझ छलफलमै छौं। सभापतिले गरेका एकलौटी निर्णयबारे पनि छलफल भएको छ। तर, अब के गर्ने भन्ने विषयमा ठोस निर्णय भइसकेको छैन।’

पार्टीको आगामी महाधिवेशनमा सभापति देउवा पनि उम्मेदवार हुने लगभग निश्चित जस्तै भएकाले उनले महाधिवेशन प्रभावित पार्न धमाधम मनोनय र क्रियाशिल सदस्यता वितरणमा हस्तक्षेप गरेको निश्कर्ष पौडेल समुहको छ। पौडेल समुहमा पनि सभापतिका आकांक्षी आधा दर्जनभन्दा धेरै छन्। उता उपसभापति विमलेन्द्र निधीले पनि आकांक्षा राखेपछि देउवा समुहमा देउवा पनि निर्विकल्प भने रहेनन्। source-dcnepal.com

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल