Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

पहिरो पीडितको टहरामा गाउँपालिका उपाध्यक्षदेखी सांसद र पूर्वमन्त्रीसम्म

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १८७ पटक पढिएको
पहिरो पीडितको टहरामा गाउँपालिका उपाध्यक्षदेखी सांसद र पूर्वमन्त्रीसम्म

जिल्लाका जनप्रतिनिधीहरु पहिरोले क्षतविक्षत भएपछि स्थलमार्गबाट विच्छेद भएका मालिका र धौलागिरी गाउँपालिकाका पहिरो अतिप्रभावित क्षेत्र विम, मराङ, ताकम, धारापानी र देविस्थानका वस्तीमा पुगेका हुन ।


स्थानीय युवाहरुको जनश्रमदानपछि पहिरोले विच्छेदित वस्तीमा गोरेटो बाटो जोडिएपछि दोस्रो पटक राहत सामाग्री लिएर गाउँपालिका, समवन्यय, प्रदेश र संघिय संसदका जनप्रतिनिधी पीडित भेट्न प्लाष्टिकका टहरामै पुगेका हुन । पहिरो प्रभावित क्षेत्रमा कतै एकिकृत वस्ती विकास कतै पहिरो संरक्षणगरी पुरानै स्थानमा बस्ती फकाउने र खेतवारीमा कसरी गहसुधार गरी खेतियोग्य बनाउे विषयमा स्थानीयको अनुभव आदान–प्रदान भएको थियो ।


पूर्व महिला तथा वालबालिका मन्त्री थममायाँ थापा, प्रतिनिधी सभा सदस्य भुपेन्द्रबहादुर थापा, जिल्ला समवन्यय समितिका संयोजक देवेन्द्रबहादुर केसी, संविधान सभा सदस्य नवराज शर्मा, नेकपाका सचिव हरिकृष्ण श्रेष्ठ, टेकबहादुर विक, धौलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुन र मालिका गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालु समेतको जनप्रतिनिधीहरुको टोलीले तीन दिन कठिन पैदल यात्रागरी विमहुँदै मराङ, ताकम र देविस्थानका पहिरो पीडितहरुसम्म पुगेका हुन ।


टोलीले पहिरो प्रभावित क्षेत्रमा पुगेर खाद्यान्न, लत्ताकपडा समेतको राहत वितरण गर्नुको साथै उनीहरुका गुनासा सुन्ने र आगामी वस्ती कसरी बसाउने विषयमा अनुभव साटेका थिए । पहिरो गए लगत्तै खोज तथा उद्धार कार्यमा जुटेका सत्तारुढ नेकपा आवद्ध जनप्रतिनिधीहरु दोस्रो पटक राहत लिएर पैदलमार्गबाट पीडितका टहरा र गोठमै पुगेको हो । पीडित भेट्न पहिरो प्रभावित क्षेत्रमा पुग्नु अघि प्रतिनिधी सभा सदस्य (सांसद) भुपेन्द्रबहादुर थापाको टोली प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर प्रहिरो प्रभावित क्षेत्रको वस्तुस्थिती राखेको थियो ।


पहिरो अनुगमनक्रममा पीडितहरुले साँसद थापासमेत जनप्रतिनिधीको टोलीसँग कल्लेनी, कुर्मीमा एकिकृत वस्ती विकास, विममा तुलनात्मक सुरक्षित रहेको स्थानीय गुठीको जग्गा उपयोग गरी ककिकृत वस्ती बसाउने, पहिरोले पुरिएको खेतियोग्य जग्गामा गह सुधार गरी खेति योग्य बनाउन, सिंचाई र खानेपानीको योजना ब्यवस्थित गर्न, अर्मन, हिलवाङखोला देखी तल बेनीसम्मै म्याग्दी खोलामा तटवन्ध गरिदिन सुझाव दिएका थिए । धारापानी वस्तीदेखी माथी रहेको वराह तालको पानीलाई बगाउने र जम्न नदिई वस्ती जोगाउने विषयमा छलफल भएको थियो ।


‘पहिरो अति प्रभावित क्षेत्रका पीडितसँग अव कसरी सुरक्षित वस्ती बसाउने, पहिरोले पुरिएको खेतवारीलाई कसरी खेतियोग्य बनाउे,पहिरो संरक्षण गर्ने र खानेपानी तथा सिंचाईका स्थानीयका आफ्ना रैथाने ज्ञानको वारेमा अन्र्तक्रिया गरेको छु’ पहिरो प्रभावित क्षेत्रको पैदल भ्रमणगरी फर्केका प्रतिनिधी सभा सदस्य भुपेन्द्रबहादुर थापाले भने, ‘मराङको कल्लेनी, कुर्मी र विमको केही क्षेत्रमा सोही स्थानमा वस्ती बसाउन असंभव जस्तै भएकोले एकिकृत वस्ती बसाउने मुख्य कुरा रह्यो । अन्यत्र पहिरो संरक्षणगरी सोही स्थानमा वस्ती फर्काउन सकिने विषयमा पनि अनुभव साटियो ।’

तस्वीरहरु : मालिका गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुको फेसवुकबाट लिएका हुन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल