Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

युवाको सकृयतामा गोरेटो/घोडेटो वाटोले जोडियो मराङमा

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १६२ पटक पढिएको
युवाको सकृयतामा गोरेटो/घोडेटो वाटोले जोडियो मराङमा

बाढीपहिरोले असार २६ गतेदेखी विच्छेद भएको धौलागिरी गाउँपालिका, ६ मराङ घोडेडो बाटोले जोडिएको छ ।
धौलागिरी गापा, ६ मराङका विभिन्न वस्तीका स्थानीय युवा क्लवको अगुवाईमा गाउँ जोड्ने गोरेटो तथा घोडेटोबाटोहरु मर्मत गरी खच्चड हिड्न मिल्ने बनाएका हुन । एउटै वडा भित्र खसेका दर्जनौं पहिरोहरुले मोटरबाटो समेत पदमार्गहरु बगाएकोले वल्लो पल्लो वस्ती विच्छेद हुँदा प्रभावित क्षेत्रमा राहत पुर्‍याउन मात्र होईन, स्थानीयलाई नै आवतजावतमा समस्या भएको थियो । सडक मर्मतपछि गाउँमा खच्चडबाट खाद्यान्न ढुवानी सुरु मात्र भएको छैन, बजारसँग स्थल मार्गले जोडिएको छ ।
‘गोरेटो/घोडेटो बाटो मर्मत भै संञ्चालनमा आएपछि राहत सामाग्री, खानेपानी समेतका निर्माण सामाग्रीहरु खच्चडमा बोकाएरै ल्याउन थालेका छौ’ धौलागिरी गापा, ६ मराङका वडाध्यक्ष राजाराम सुवेदीले भने, ‘युवा क्लवहरुलाई स्यालुट गर्छु, जस्ले विपदको वेला खोज, उद्धार गर्ने देखी वाटोघाटो मर्मत गरी जनजीवन सहज बनाउन घर र ब्यक्तिगत काम छोडेर अहोरात्र विना पारिश्रमिक खटिएका छन ।’
स्थानीय प्रगती युवा क्लव र डाँफे युवा क्लवको सकृयतामा छिमेकी मालिका गाउँपालिका, ७ विमको लुर्वाङदेखी अर्गलाहुँदै मराङ वेंशी जोड्ने मुल बाटो मर्मतगरी खच्चड हिँड्न मिल्ने बनाईएको हो । त्यसैगरी युवाहरुकै सकृयतामा मराङ–मलम्पार, कल्लेनी–मराङ, मराङ–राम्चे र अन्य वस्ती जोड्ने गोरेटोवाटो पनि मर्मत भएका छन ।
‘एउटा क्लवबाट १५–२० जना युवाहरुहरुले लगातार ८ दिन श्रम गरी गाउँपालिका केन्द्र रहेको दरवाङसमेत जिल्लाको अन्य भागलाई जोड्ने गोरेटो/घोडेटो वाटो मर्मतगरी संञ्चालनमा ल्याएका छौं’ प्रगति युवा क्लवका अध्यक्ष चक्र पुनले भने, ‘मुख्य वस्तीलाई गोरेटो/घडेटोले बजार जोड्ने काम भएको छ । अव गाउँबाट खेतवारी र वनजंगल जाने गोरेटा, पशुचौपायालाई चरन क्षेत्र जोड्ने बाटो खन्न त बाँकी नै छ ।’
दरवाङ–विम–खाराहुँदै मराङ पुर्‍याईएको ग्रामिण मोटर सडक पहिरोले छिलोछिलो पारेकोले तत्काल मर्मतगरी संञ्चालन गर्न सक्ने अवस्था नभएकोले वडा कार्यालयसँग सहकार्यगरी अर्गलाबाट लुर्वाङहुँदै नौलिस्ने, कुम्रि, दमका जोड्ने भीरको पुरानो घोरेटोबाट मर्मत गरी संञ्चालनमा ल्याईएको हो । स्थानीय निर्माण सामाग्री बाउसो, गलघन, वेल्चा प्रयोग गरी पहिरोले बगाएको स्थानमा नयाँ ट्याक खोल्ने, पुरानो भत्केकोलाई सुधार गर्ने सिंढी चिन्ने, फराकिलो बनाई मर्मत गरिएको हो । गारेटो/घोरेटो बाटो मर्मत भएपछि मराङ र माथी मल्कवाङकागरी एक हजारबढी घरधुरी लाभान्वीत भएका छन ।
‘विमको लुर्वाङदेखी अर्गलासम्म वडा कार्यालयले जनश्रमदान गर्ने युवालाई खाजा खुवाएको छ । अर्गलादेखी मराङवेंशीसम्म युवाले काम गरेका छन । गाउँपालिकाले चलनचल्तीको पारिश्रमिक दिने कुरा भएको छ । प्राविधकिले नापजाँच गरी भुक्तानी गर्ने तयारीमा छौं’ वडाध्यक्ष सुवेदीले भने, ‘पैदल मार्ग निर्माणपछि विहिवारदेखी युवाहरु पहिरोले विग्रिएको खानेपानी संञ्चालन गर्न मर्मतमा जुटेका छन । लकडाउनले धेरै युवा गाउँ फर्केकोले यो विपदमा धेरै सजिलो भएको छ ।’
त्यस्तै पहिरो प्रभावित धौलागिरी र मालिका गाउँपालिकाहरुले संभव भएका सडक मर्मत थालेका छन । मालिका गापाले पहिरोले क्षतिग्रस्त दरवाङ–विमको खारासम्म सडक मर्मतगरी ट्याक्टर समेतका सवारी संञ्चालन गरेको छ । धौलागिरी गाउँपालिकाले पनि मालिका गापा केन्द्र दरवाङबजारबाट धारापानी ताकमहुँदै मुना जोड्ने सडक मर्मत थालेको छ । पहिरो प्रभावित क्षेत्रमा अवरुद्ध सडक खुलाउन जिल्ला समवन्यय समितिले पनि ३०/३० लाख रुपैयाँ उपलब्ध गराएको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल