Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

नेपाल र भारतले दावी गर्दै आएको लिपुलेकमा चिनियाँ सेनाको प्रवेश ! भारतमा तरंग

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २०४ पटक पढिएको
नेपाल र भारतले दावी गर्दै आएको लिपुलेकमा चिनियाँ सेनाको प्रवेश ! भारतमा तरंग

चीनको जनमुक्ति सेनाले लिपुलेक पास नजिकै थप सैनिक तैनाथ गरेपछि यले भारतमा तरंग ल्याएको छ । यसअघि भारतले उपभोग गर्दै आएको यो क्षेत्रलाई हालै नेपालले आफ्नो नक्सामा समेटेको थियो । नेपाल र भारतबीच विवाद रहेको यो क्षेत्रमा चीनको हस्तक्षेप हुन सक्ने संकेत देखिएपछि अहिले नयाँ दिल्लीमा तरंग आएको छ । यो क्षेत्र नेपाल भारतबीच विवादित त छ नै, चीनको पनि सीमा नजिकै पर्छ ।

डेक्कन हेराल्डले यस क्षेत्रमा चीनले ठूलो संख्यामा सैनिक तैनाथ गरेको लेखेको छ तर नेपालको दार्जुला जिल्लाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भने यस विषयमा आफूलाई जानकारी नभएको बताएका छन् । ‘त्यहाँ सैन्य मुभमेन्ट बढेको हामीलाई जानकारी छैन’ पोखरेलले फोनमा भने ‘भारतीय मिडियाहरु त्यसै पनि हल्ला गर्छन् ।’ भारतीय मिडियाले भने जनमुक्ति सेनाको यो गतिविधिलाई चीनले भारतलाई स्पष्ट सन्देश पठाउन खोजेको रुपमा विश्लेषण गरेका छन् ।

नेपालले सुगौली सन्धिअनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र आफ्नो हुने भएकोले यो क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेको हो । तर, भारतले भने नेपालले चीनको आडमा यी क्षेत्र समेटेर संशोधित नक्सा जारी गरेको दावी गर्दै आएको छ । भारतको यही बुझाइका कारण उसले अहिलेको चीनको गतिविधिलाई पनि नेपाललाई ‘ब्याकअप’ दिने र भारतलाई पछि हट्न दबाब दिने संकेतको रुपमा बुझेको छ । यो बुझाइपछि नयाँ दिल्लीमा अहिले लिपुलेकमा चीनको हस्तक्षेप हुने आशंकाले नयाँ तरंग आएको छ । नयाँ दिल्ली स्रोतलाई उद्धृत गर्दै डेक्कन हेराल्डले भारतले पनि त्यस क्षेत्रमा आफ्ना सैनिकको तैनाथी बढाएको उल्लेख गरेको छ । source-dcnepal.com

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल