- Loading...
आज यी ठाउँहरूमा वर्षाको सम्भावना
- पुनहिल डट कम
- ४ साल अघि
- १९५ पटक पढिएको

देशभर सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ का केही स्थानहरूमा अहिले वर्षा भइरहेको छ।
दिउँसो प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
यी स्थानहरू भएर बहने साना-तथा ठूला नदीमा पानीको बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुनसक्ने भन्दै सावधानी अपनाउन अनुरोध गरिएको छ।
त्यस्तै आज राति पनि देशभर केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनेछ भने प्रदेश १, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक/ दुई स्थानमा भारी वर्षाको अनुमान गरिएको छ।
मनसूनी न्युन चापीय रेखा नेपालको पूर्वी भू-भाग नजिक रहेकोले हाल मौसम प्रभावित भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
