FLASH NEWS
  • Loading...

चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १७३ पटक पढिएको
चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक
सरकारले कोरोना प्रभावित उद्योगलाई पुनरुत्थान गर्नका लागि ५ प्रतिशत व्याजदरमै ऋण दिने भएको छ । शुक्रबार चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले कोरोना प्रभावित उद्योगलाई ५ प्रतिशत व्याजमा ऋण उपलब्ध गराइने घोषणा गरे ।
पर्यटन र घरेलु, साना तथा मझौला उद्यम लगायतका व्यवसायको सञ्चालन एवंम् निरन्तरता, ति क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानी र अति प्रभावित क्षेत्रका रोजगारी गुम्नेहरुलाई उद्यमशिलता विकासको अवसर दिन बैंक तथा वित्तीय संस्थाहरुबाट यो कर्जा उपलब्ध गराइने मौद्रिक नीतिमा उल्लेख छ ।
सरकारले चालु आर्थिक वर्षको बजेटमा कोरोना प्रभावित उद्योगलाई सहूलियत कर्जा दिन ५० अर्बको कोष स्थापना गर्ने घोषणा गरेको थियो । यहि कोषमार्फत सहूलियत कर्जा प्रदान गर्न लागिएको हो ।
यसैगरी कोभिड–१९ बाट अति प्रभावित उद्योग–व्यवसाय सुचारु गर्न सहजीकरण गर्ने उद्देश्यले ऋणीको आवश्यकता र व्यवसायको सम्भाव्यताको आधारमा २०७६ चैतमा कायम भएको चालु पुँजी कर्जाको सीमामा बढीमा २० प्रतिशतसम्म सम्बन्धित बैंक तथा वित्तीय संस्थाले थप कर्जा प्रवाह गर्न सक्ने व्यवस्था मिलाइने समेत मौद्रिक नीतिमा उल्लेख छ ।
मौद्रिक नीतिमा कोभिड–१९ को नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउनका कारण सबै पेशा, उद्योग र व्यवसायले लिएको ऋणको साँवा र ब्याज भुक्तानी गर्न नसक्नेका लागि भुक्तानी अवधिको म्याद थप र कर्जाको पुनरसंरचना तथा पुनरतालिकीकरणको व्यवस्था गरिने घोषणा गरेको छ ।
व्यवसायलाई कोरोनाबाट कम, मध्यम र अति प्रभावितमा वर्गिकरण गरी सोही आधारमा कर्जाको पुनरतालिकीकरणको व्यवस्था गर्न सकिने उल्लेख गरिएको छ ।
अल्पकालिन कर्जा पुस मसान्तसम्म भुक्तानी गर्न सक्ने गरी नविकरण गर्न सक्ने व्यवस्था गरिएको छ । कोभिडबाट कम प्रभावित व्यवसायले भने असारसम्मको सावाको किस्ता २०७७ पुस मसान्तसम्ममा बुझाउन सक्नेछन् ।
यस्तै मध्यम प्रभावित २०७७ असार सावा चैत मसान्तसम्म र कोभिड अति प्रभावित व्यवसाय भुक्तानी सावा भुक्तानी २०७८ भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।
पुर्नस्थापना हुन समय लाग्ने पर्यटन क्षेत्रलाई थप सहुलियत दिन सक्ने व्यवस्था मौद्रिक नीतिमा गरिएको छ ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल