FLASH NEWS
  • Loading...

कोरोना भाइरसः घातक विषाणु आउन नदिन उत्तर कोरिया ‘सफल’ भएको किम जङ-अनको दाबी

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १९३ पटक पढिएको
कोरोना भाइरसः घातक विषाणु आउन नदिन उत्तर कोरिया ‘सफल’ भएको किम जङ-अनको दाबी

अहिलेसम्म सङ्क्रमण नदेखिए‍को भए पनि उत्तर कोरियाले विदेशी कूटनीतिज्ञहरूसहित बाहिरबाट आएका मानिसलाई अलग्गै राखेको छ।

उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमका अनुसार उत्तर कोरियामा झन्डै ३८० जना विदेशीलाई क्वारन्टीनमा राखिएको र तीमध्ये झन्डै २०० विदेशी नागरिकलाई विगत ३० दिनदेखि आफ्नो निवासस्थानमा सीमित पारिएको छ।

उत्तर कोरियामा अहिलेसम्म कसैलाई सङ्क्रमण भएको पुष्टि भएको छैन।

क्वारन्टीनमा को-को?

कोरियन सेन्ट्रल ब्रोड्कास्टिङ स्टेशनलाई उद्धृत गर्दै योन्हाप समाचारसंस्थाले क्वारन्टीनमा राखिएका अधिकांश मानिस प्योङ्याङमा कार्यरत विदेशी कूटनीतिक नियोगका कर्मचारी हुन् भनेको छ।

सुरुमा ३० दिनका लागि भनिएको अवधि सकिएपछि नयाँ क्वारन्टीन सुरु गरिएको छ। नयाँ क्वारन्टीनको अवधि भने स्पष्ट छैन।

कोरियन सेन्ट्रल ब्रोड्कास्टिङ स्टेशनका अनुसार विदेशबाट फर्किएका मानिस र असामान्य लक्षण देखिएका मानिसलाई अलग्ग राख्न थालिएको छ।

भेनिस मेला

उत्तर कोरिया चीनसँग सीमा जोडिएको देश हो। एक विज्ञका अनुसार उत्तर कोरियामा थोरै मात्रै विदेशी छन् र करिब २०० जना मात्रै पश्चिमाहरू छन्।

दौड रद्द

उत्तर कोरियाले बर्सेनि हुने प्योङ्याङ म्याराथुन रद्द गरेको छ। सो प्रतियोगितामा संसारभरका खेलाडीहरूले भाग लिने गरेका थिए।

चीनसँग सीमा जोडिएको उत्तरी प्योङगान प्रान्तमा कोरोनाभाइरस जस्तै लक्षण देखिएपछि करिब ३,००० जनालाई निगरानीमा राखिएको स्टेशनले जनाएको छ।

छिमेकी दक्षिण कोरियामा अहिलेसम्म ७६३ जनामा सङ्क्रमण भएको र तीमध्ये सात जनाको मृत्यु भएको पुष्टि भएको छ।

सङ्क्रमित व्यक्तिको सङ्ख्या फेरि ह्वात्तै बढेको अधिकारीहरूले बताएका छन्। यो वृद्धिसँगै दक्षिण कोरियामा सङ्क्रमित व्यक्तिको सङ्ख्या चीनबाहिर सर्वाधिक पुगेको छ।

सङ्क्रमण बढेकोबढ्यै गर्न थालेपछि त्यहाँ “उच्चतम तह” को सतर्कता घोषणा गरेर सरकारी अधिकारीहरू कोरोनाभाइरस प्रकोप नियन्त्रण गर्न लागिपरेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल