- Loading...
सुटुक्क मुक्तिनाथ पुगेका म्याग्दीका सिडिओलाई मुस्ताङ्गीले फर्काए
- पुनहिल डट कम
- ५ साल अघि
- २२१ पटक पढिएको

लकडाऊन कै समयमा सुटुक्क मुक्तिनाथ दर्शन गर्न मुत्तिनाथ पुगेका म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालसमेतको टोलीलाई दुई दिन अघि वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, २ झोङ्का स्थानियले फर्काइ दिएको खुलेको छ ।
जिल्लाका सुरक्षा अधिकारीहरु समेत सपरिवार मुक्तिनाथ दर्शन गर्न गएका प्रजिअ ढकाल, शसस्त्र प्रहरीका प्रमुख डिएसपी प्रकाश माझि, कोष तथा लेखा नियन्त्रण कार्यालका प्रमुख चन्द्रशेखर सापकोटा समेतको २१ सदस्यीय टोली शनिवार जोमसोममा मुस्ताङ प्रशासनको ब्यवस्थापनमा होटलवास गरेको थियो । मुस्ताङ्गको सुरक्षा श्रोतले म्याग्दीका प्रजिअ समेतको टोलीलाई मुस्ताङ प्रशासन र स्थानीय सरकारसँग समवन्यय नगरी लकडाउनको समेत उल्लङ्गन गरेकोले स्थानीयले फर्काई दिएको पुष्टी गरेको छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका एक सदस्यका अनुसार आईतवार विहान जोमसोमबाट मुक्तिनाथ दर्शन गर्न गएको प्रजिअ ढकालको टोलीलाई कागवेनीदेखी केही माथी झोङमा स्थानीयले रोकेका थिए । प्रजिअको टोली दुई वटा सरकारी र एक निजी नम्बर प्लेटका गाडीमा पुगेको थियो ।आफैले (जिल्ला प्रशासन कार्यालय म्याग्दी)ले ०७७ जेठ ३० गते जारी गरेको कोरना झाइरसको संक्रमण नियन्त्रण र रोकथामकालागी संत्रामक ऐन २०२० को दफा २ अनुसार लक डाउनमा गर्न हुने र नहुने सम्बन्धी सूचनाको आफैले अवज्ञा गर्दै प्रजिअ ढकाल समेतको टोली मुक्तिनाथ पुगेको र स्थानीयले फिर्ता पठाएको विवरण सार्वजनिक भएको हो ।
‘म्याग्दीका सिडिओ समेत टोली मुस्ताङ सीमाबाट फर्केको सुनेको हो । मुक्तिनाथबाट स्थानियले फर्काएको विषयमा जानकारी छैन’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले भने, ‘कोरना नियन्त्रण तथा रोकथाममा स्थानीय सरकार र समुदाय आफैले एक वस्ती देखी अर्को वस्ती आवत–जावतमा समेत रोक लगाएको अवस्था हो । कोही नयाँ मान्छे आए स्थानीयले फर्काउन सक्छन ।’
सरकारले लकडाउन केही खुकुलो पारेपनि मन्दीरमा पुजाअर्चन समेतका गतिविधी गर्न छुट नदिएकोले म्याग्दीका प्रजिअको मुस्ताङ यात्रा लकडाउनको उल्लङ्गन हो । यस अघि नयाँ बर्षमा पनि प्रजिअ ढकाल र जिल्ला प्रहरी प्रमुख किरणजंग कुँवरको परिवार लकडाउनको अवज्ञा गर्दै सुटुक्क प्रर्यटकीय गन्तब्य घोडेपानी/पुनहिल भ्रमणमा निक्लेका थिए ।
‘म अहिले रघुगंगा गाउँपालिका, ६ कोटगाउँमा, जेठ २८ गते पहिरोबाट प्रभावित क्षेत्रमा छु । केही वेरमा बेनी फर्कन्छु’ त्यसपछि प्रजिअ ढकालको फोन सम्पर्क हुन सकेन ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
