FLASH NEWS
  • Loading...

चिनियाँ सेनासँगको झडपमा २० जना भारतीय सैनिक मारिए

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १८० पटक पढिएको
चिनियाँ सेनासँगको झडपमा २० जना भारतीय सैनिक मारिए

चिनियाँ सेनासँग भएको हिंसक झडपमा ज्यान गुमाउने भारतीय सैनिकको संख्या २० पुगेको छ।
सोमबार राति लद्दाखको गलवान उपत्यकाको जटिल भूगोलमा भएको हात हालाहालतका क्रममा धेरै संख्यामा भारतीय सेनाले ज्यान गुमाएका हुन्।  भारतीय रक्षामन्त्रालयले मंगलबार बिहानै एकजना कर्णेल र दुईजना सिपाहीले ज्यान गुमाएको पुष्टि गरेको थियो। तर चिनियाँ सेनासँगको झडपका क्रममा ३० जनाभन्दा धेरै हराइरहेको अवस्थामा मृतक बढ्न सक्ने अनुमान गरिएको थियो।  यस्तोमा मंगलबार बेलुकासम्म लद्दाखमा ज्यान गुमाउने भारतीय सेनाको संख्या २० पुगेको हो।
एलएसीमा सोमवार चिनियाँ सेनासँगको झडपमा मारिनेको संख्या अझै बढ्न सक्ने समाचार भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका छन्।  भारतीय समाचार एजेन्सी एएनआईले ४३ जना चिनियाँ सेनाको पनि यो झडपमा ज्यान गएको दाबी गरेको छ। झडपका क्रममा कयौँ घाइते भएको दाबी भारतीय पक्षको छ। चीन र भारतबीच सीमा क्षेत्रमा यति ठूलो हताहती हुने गरी ५५ वर्षपछि हिंसक झडप भएको हो।
सोमवार राति दुवै देशका सेनाबीच हिंसक झडप भएको थियो। यो घटना तब भयो जब दुवै देशबीच वार्ता भएर गलवान उपत्याकको अवस्था सामान्य हुने क्रममा अघि बढिरहेको थियो।  यसअघि झडपबारेमा भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति निकालेर भारतले सदैव एलएसीको सम्मान गरेको बताउँदै चीनले पनि यस्तै गर्नुपर्ने उल्लेख गरेको थियो। मन्त्रालयले सोमबारको झडप टार्न सकिने अवस्था हुँदा हुँदै पनि दुवै देशले क्षति भोग्नुपरेको जनाएको छ।
एलएसीमा भएको झडपपछि दिल्लीमा रक्षामन्त्री राजनाथ सिंहले चिफ अफ डिफेन्स स्टाफ, जनरल बिपिन रावत र सेना प्रमुख जनरल एमएम नरभाणेका साथ बैठक गरेका थिए। राजनाथ सिंहले यस मामिलाबारे प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि जानकारी दिएका थिए। त्यसपछि विदेश मन्त्री एस जयशंकरले पनि प्रधानमन्त्री निवास पुगेर मोदीलाई भेटेका थिए।  यद्यपि मंगलवार दिउँसो आफ्नो भनाइ सार्वजनिक गर्दै भारतीय सेनाले गलवान उपत्यकामा चिनियाँ सेनासँग भएको झडपमा आफ्ना एकजना कर्णेलसहित तीन सैनिकले ज्यान गुमाएको जनाएको छ। अन्य १७ जना सैनिकबारे उसले अहिलेसम्म केही पनि बोलेको छैन।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल