Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

भारतीय सेनापतिको अंगरक्षक नेपाली मुलकै अधिकृत ?

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १८६ पटक पढिएको
भारतीय सेनापतिको अंगरक्षक नेपाली मुलकै अधिकृत ?

भारतीय स्थल सेनाका सेनापति मनोजमुकुन्द नरभाणे यतिबेला नेपालीहरुमाझ सम्मानित छैनन्, उनलाई नेपालीहरुको अपमान गरेकोमा यस्तो असम्मानको अवस्था आएको हो।
तर, जेठ ३२ गते शनिवार उनले नै सार्वजानिक गराएको एउटा भिडियोले उनको व्यक्तिगत सुरक्षाका लागि पनि नेपाली नै खटिनु परेको दृश्य देखिएको छ।
दृश्यमा एकजना अशोक थापा नाम गरेका नेपाली उनको अंगरक्षकका रुपमा खटिएको देखिएका छन्। भारतीय सेनाको पोशाकमा खटिएका यी थापा भारतीय सेनाका सेनापति नरभाणेको देहरादून भ्रमणको सुरक्षाका सन्दर्भमा अंगरक्षकका रुपमा देखिएका छन्।
समाचारअनुसार, सैनिक अधिकृत थापा भारतीय सेनाको लडाकू मानिने प्यारा कमाण्डोका रुपमा कार्यरत छन्। उनलाई भिडियोमा आउने गरी सेनापतिसँगै देखाइएको छ। यसको स्पष्ट सन्देश यो हो कि भारतको विशिष्ट व्यक्तिको सुरक्षाका लागि नेपाली वा नेपाली मुलका अधिकृतहरु खटिने गर्दछन्।
अर्थात् नेपालीको इमान्दारिता र लडाकू भाव भारतीय सेनापतिका लागि पनि अत्यावश्यक छ र त्यही कुरा यो तस्वीरले देखाएको छ। एकातिर नेपाल र नेपालीको अपमान गर्ने अर्कातिर नेपाली नभई पनि नहुने अवस्थाको त्यो दृश्यले भारतीय उच्चाधिकारीहरुको मनोदशालाई देखाएको छ।
यता नेपालको प्रतिनिधिसभामा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान पहिलोपल्ट संशोधन भएर भारतले मिचेको नेपाली भूमिसहितको नक्सा संविधानमा उल्लेखित हुँदै थियो उता भारतीय सेनाका सेनापति देहरादून भ्रमणमा नेपालबारे टिप्पणी गर्दैै थिए।

नेपाली मुलका भारतीय सैनिक अधिकृत थापा सेनापति नरभाणेको व्यक्तिगत सुरक्षामा थिए। र, यो दृश्य सेनापतिसँगको अन्तर्वार्ताका क्रममा देखाइएको थियो। यो दृश्य देखाएर नरभाणे के नेपाल र नेपालीप्रति आफ्नो विश्वास र सम्मान यथावत भएको सन्देश दिन चाहन्छन्?

त्यही क्रममा नेपाली मुलका भारतीय सैनिक अधिकृत थापा सेनापति नरभाणेको व्यक्तिगत सुरक्षामा थिए। र, यो दृश्य सेनापतिसँगको अन्तर्वार्ताका क्रममा देखाइएको थियो।
यो दृश्य देखाएर नरभाणे के नेपाल र नेपालीप्रति आफ्नो विश्वास र सम्मान यथावत भएको सन्देश दिन चाहन्छन्? के यो दृश्यले नेपाल र नेपालीको मनमा उनीप्रतिको आक्रोश कम हुन सक्ला? के उनी नेपाली सेनाको निम्तामा नेपाल आएर परम्पराअनुसार, नेपाली सेनाका महारथी दर्जाको मनार्थ सम्मान लिन सक्षम होलान्?
उनको नमिठो बचनका कारण भारतीय सेना र अन्य फौजमा कार्यरत ५० हजारभन्दा बढी नेपाली र नेपाली मुलका व्यक्तिहरुको भित्रीरुपमा फाटेको मनमा विश्वास आर्जन नरभाणेका लागि सम्भव होला?
देहरादुनको सो कार्यक्रमपछि मिडियामा प्रतिक्रिया दिँदै उनले नेपालसँग भारतको सुमधुर र मजवुत सम्बन्ध रहेको बताएका थिए। उनको यो भनाइ यसअघि उनको आफ्नै भनाइको खण्डनका रुपमा आएको हो।
केही हप्ताअघि दिल्लीमा आयोजित एउटा कार्यक्रममा उनले नेपाल र नेपालीले लिम्पियाधुरा, लिपुलेकसहितको कालापानी क्षेत्र भारतले हस्तक्षेप गरेको कुरामा आन्दोलित हुनु चीनको उक्साहटका कारण हो भन्दै नेपाल र नेपालीको राष्टिय भावनामा ठूलो चोट पुर्याएका थिए। जसका कारण उनीबाट नेपाल र नेपालीले अपमान महसुस गर्दै आएका छन् र यही कारण उनको नेपालमा कुनै पनि सम्मान छैन। source – https://www.dcnepal.com

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल