Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

भारतीय पत्रिका द हिन्दू लेख्छ- ‘कोभिड-१९ सँग जुध्न नेपालले चिनियाँ सेनाको मेडिकल टिम बोलाउँदै छ’

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १९५ पटक पढिएको
भारतीय पत्रिका द हिन्दू लेख्छ- ‘कोभिड-१९ सँग जुध्न नेपालले चिनियाँ सेनाको मेडिकल टिम बोलाउँदै छ’

नेपालमा कोभिड-१९ नियन्त्रण गर्न चिनियाँ जनमुक्ति सेनाको मेडिकल टिमका व्यक्तिहरु ठूलो संख्यामा आउने सम्भावना छ। नेपाल कम्युनिष्ट पार्टीभित्र यसबारे भइरहेको छलफलमा जानकारी राख्ने स्रोतलाई उद्धृत गर्दै भारतीय पत्रिका द हिन्दूले यससम्बन्धी समाचार छापेको छ।
नेपाल आउने निर्णय चीनको वुहान र आसपासको क्षेत्रमा कोभिड-१९ नियन्त्रण गर्न चिनियाँ जनमुक्ति सेनाको मेडिकल टिमले खेलेको भूमिकाबाट प्रभावित छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हालै भिडिओ कलमार्फत् चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओसँग चिनियाँ जनमुक्ति सेनाको मेडिकल टिमलाई नेपाल ल्याउने सम्भावनाबारे छलफल गरेको द हिन्दूले दावी गरेको छ।
“नेपालले कोभिड-१९ को विस्तार तत्कालै रोक्नुपर्नेछ। साथै परीक्षणको दायरा पनि धेरै नै बढाउनुपर्नेछ। देशैभर परीक्षण गर्नका लागि कति जनशक्ति आवश्यक पर्ला भन्ने अहिले स्पष्ट भइसकेको छैन। तर, त्यसका लागि ठूलो संख्यामा जनशक्ति चाहिने छ”, नेकपाभित्रको छलफलबारे जानकार र चिनियाँ नेताहरुसँग पनि राम्रो सम्बन्ध भएका एक जना नेकपा नेताले द हिन्दूसँग भनेका छन्।
नेपालमा अहिलेसम्म तीन हजार ४४८ जना संक्रमित भेटिएका छन् भने १३ जनाको मृत्यु भइसकेको छ। विदेशमा रहेका नेपालीलाई समेत फर्काइरहेका कारणले कोभिड-१९ को विस्तार अझ धेरै हुनसक्छ भन्ने चिन्ता काठमाडौंलाई छ।
नेपालले केही साताभित्रैमा करीब दुई लाख आफ्ना नागरिक भारतबाट भित्र्याउँदै छ भने थुप्रै नेपाली विश्वका अन्य देशबाट पनि फर्कँदै छन्।
“चिनियाँ टोली एक साता जस्तो समयका लागि नेपालमा बस्नेछ। चीनका प्रभावित क्षेत्रमा जस्तै गरी छिटो र वृहत अप्रेशन गर्ने छ,” स्रोतले द हिन्दूलाई भनेको छ।
काठमाडौंमा भइरहेका छलफलहरुमा चीनको बढ्दो ‘कोभिड-१९ कुटनीति’ को छनक पाइन्छ। आज नै बंगलादेशमा पनि बेइजिङको एउटा ठूलो संख्याका स्वास्थ्यकर्मीको टोली पुग्दैछ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगका संलग्न स्वास्थ्यकर्मीको उक्त टोलीले कोभिड-१९ प्रभावित क्षेत्रको भ्रमण गर्नेछ।
बेइजिङको ‘विश्वव्यापी स्वास्थ्य कुटनीति’ ले म्यानमार, श्रीलंका र कोभिड-१९ बाट प्रभावित अन्य देशहरुलाई समेटेको छ।
news source – https://www.dekhapadhi.com/news/14734

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल