Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

लकडाउनका विच म्याग्दीका विद्यार्थीको हातमा पुस्तक पुग्दै

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २२१ पटक पढिएको
लकडाउनका विच म्याग्दीका विद्यार्थीको हातमा पुस्तक पुग्दै

कोरनाभाईरस संक्रमणको जोखिम न्यूनिकरणकालागी गरिएको वन्दावन्दीकै अवस्थामा पनि नयाँ शैक्षिक सत्रका लागी नयाँ पाठ्यपुस्तकहरु विद्यालय/विद्यार्थीको हातमा पुर्‍याउन थालिएको छ ।
जनक शिक्षा सामाग्रीको पोखरा कार्यालय, शिक्षा विकास तथा समवन्यय एकाई र जिल्ला प्रशासन कार्यालय म्याग्दीको समवन्ययमा पुस्तक तथा स्टेशनरी ब्यवसायी महाँसघ जिल्ला शाखाले सवै सामुदायीक विद्यालयका कक्षा १–१० कक्षा सम्मका पाठ्यपुस्तक ल्याएको हो । पुस्तक ब्यवसायीका अनुसार जिल्लाका सवै निजी विद्यालयमा अवश्यक पाठ्यपुस्तक पनि विद्यार्थीको हात–हातमा पुग्न थालेको छ ।
पुस्तक तथा स्टेशनरी ब्यवसायी महाँसघमा आवद्ध ब्यवसायीको साझेदारीमा सदरमुकाम तथा सम्बन्धीत गाउँपालिकाहरुमा स्थापना गरेको विक्रि कक्ष मार्फत जेठ मसान्तभित्र सवै वद्यालयमा पाठ्यपुस्तक पुर्‍याउन थालेको हो ।
‘जेठ २५ गतेसम्म सवै स्थानीय तहको केन्द्रमा पाठ्य पुस्तक पुगेका छन । शुक्रवारसम्म सवै विद्यालयमा पुस्तक पुग्छन । केही विद्यालयले त पुस्तक विद्यार्थीको हात–हातमा पुर्‍याएका छन’ पुस्तक तथा स्टेसनरी ब्यवसायी महाँसघ म्याग्दीका सदस्य लिलाराम गौतमले भने, ‘जिल्लाभरका सवै पुस्तक ब्यवसायीको समाज शेयर लगानीमा सदरमुकाम तथा स्थानीय तहमा विक्रि कक्ष स्थापना गरी पुर्ण सेट पुस्तक विद्यालय/विद्यार्थीको हातमा सजिलै पुग्ने ब्यवस्था मिलाएका छौं ।’

शिक्षा विकास तथा समवन्य  इकाईको तथ्याङक अनुसार २ सय ३२ वटा सामुदायकि विद्यालयमा अध्यनरत विद्यार्थीकालागी यस वर्ष कक्षा १–५ कालागी १० हजार ८ सय ७४, कक्षा ६–८ कोलागी ७ हजार१५ र कक्षा ९–१० कालागी ४ हजार ५ सय ९ थान नयाँ पुस्तक आवश्यक पर्छ ।
‘बन्दावन्दीका विचमा पनि विद्यार्थीको हातमा समयमै पुरा सेट नयाँ पुस्तक पुर्‍याउन ब्यवसयाी, स्थानीय तह र विद्यालयमा समयमै समवन्यय गराएका छौं’ शिक्षा विकास तथा समवन्यय इकाई प्रमुख दलबहादुर थापाले भने, ‘निर्धारित समयमा शैक्षिक सत्र सुरु नभएपनि सामाजिक दुरी कायमगरी विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउन सके राम्रो हुने सुझाव विद्यालयलाई दिएका छौं ।’
नगर/गाउँपालिकाहरुले नयाँ पाठ्य पुस्तक खरिद गर्न ७० प्रतिशत रकम विद्यालयको खातामा जम्मा गरी सकेको जनाएका छन । स्थानीत तहबाट खातामा रकम जम्मा भएपछि अपुग ३० प्रतिशत रकम विद्यालयको श्रोतबाट खर्चेर पाठ्यपुस्तक  विक्रि कक्षबाट विद्यालय पुर्‍याउन थालेका हुन ।
‘विद्यालय औपचारिक रुपमा खुल्ला नभएपनि विद्यार्थीको हातमा पाठ्यपुस्तक समयमै पुर्‍याउँदा फुर्सदको समयमा स्वअध्ययन गर्न तथा अभ्यास गर्न सक्ने भएकोले सामाजिक दुरी कायमगरी सवै विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक पुर्‍याएका छौं’ रघुगंगा गाउँपालिका, ३ पिप्ले स्थित रघुगंगा माध्यमिक विद्यालयका प्रधानअध्यापक रमेश सिं ठकुरीले भने, ‘सामाजिक दुरी कायम गरी पाठ्यपुस्तक वितरण, नयाँ भर्ना गर्ने र सामाजिक संञ्जालमा पहुँच पुगेसम्म हामीले स्वअध्ययनमा अभ्यास गर्न गाईड पनि गरेका छौं ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल