Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीमा कोरोना संक्रमण पुष्टि

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १६३ पटक पढिएको
धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीमा कोरोना संक्रमण पुष्टि

काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले मृतक महिलामा कोरोना संक्रमण पुष्टि भएको बताए। उनले मृत्युको कारण कोरोना संक्रमण नै हो कि होइन भन्ने पोस्टमार्टमपछि मात्र खुल्ने र त्यसका लागि मन्त्रालयबाट चिकित्सकको टोली धुलिखेल पठाइएको जानकारी दिए।
कोरोना संक्रमितको उपचारका लागि तोकिएको धुलिखेल अस्पतालमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ घर भएकी २९ वर्षीया युवतीको १ जेठ राति मृत्यु भएको थियो। त्रिवि शिक्षण अस्पतालमा नौ दिनअघि सुत्केरी भएकी उनलाई अस्पतालबाट घर फर्केपछि श्वासप्रश्वासमा समस्या देखिएको थियो र त्यसपछि धुलिखेल अस्पताल पु¥याइएको थियो।
धुलिखेल अस्पतालका डा. रमेश मकाजु श्रेष्ठका अुनसार अस्पताल पुर्‍याउनासाथ उनको मृत्यु भएको थियो। त्यसपछि धुलिखेलमै गरिएको स्वाब परीक्षणमा उनमा कोरोना संक्रमण देखिएको थियो। त्यसलाई पुनः पुष्टि गर्न उनको स्वाब संकलन गरेर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको थियो।
यसअघि बुटवल र चितवनमा स्थापना गरिएका कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका बिरामीको पनि मृत्यु भएको थियो। तर, उनीहरूमा पछि परीक्षण गर्दासमेत कोरोना भाइरसको संक्रमण देखिएको थिएन। ९ माघमा पहिलोपटक नेपालमा कोरोना भाइरस संक्रमण देखिएको थियो। हालसम्म संक्रमितको संख्या २७६ पुगेको छ भने यसमध्ये ३६ जना निको भएर घर फर्किसकेका छन्।
कोरोना भाइरस संक्रमण विस्तार हुन नदिन सरकारले ११ चैतदेखि देशैभर लकडाउन गरेको छ। तर पनि, संक्रमणको विस्तार बढ्दै गएको छ। सबैभन्दा धेरै प्रदेश २ मा १०८ जनामा संक्रमण देखिएको छ। र, सबैभन्दा धेरै पर्सामा ९१ जना संक्रमित भेटिएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल