FLASH NEWS
  • Loading...

मंगलबारदेखि शेयर बजार खुल्दै

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३४८ पटक पढिएको
मंगलबारदेखि शेयर बजार खुल्दै

चैत्र ११ गते देखि बन्द भएको सेयरबजार बैशाख ३० गते मंगलबारदेखि खुल्ने भएको छ। नेपाल धितोपत्र बोर्डले सूचना जारी गर्दै कार्यालयहरु आइतबारदेखि र सेयर कारोबार मंगलबारदेखि खोल्न निर्देशन दिएको छ।
बोर्डले नेप्से, सिडिएससी, मर्चेन्ट बैंकर र ब्रोकरसँगको छलफलपछि धितोपत्रको दोस्रोबजार कारोबार खोल्ने निर्णय गरेको जनाएको छ।
अहिलेका लागि बजार दैनिक दुई घण्टा ११ बजेदेखि १ बजेसम्म मात्रै खुल्ला हुनेछ। दिनमा ३ प्रतिशतभन्दा बढी परिवर्तन नहुने गरि कारोबार गर्ने व्यवस्था गरिएको छ।
कारोबारको रकम अनिवार्य रूपमा विद्युतीय माध्यमबाट भुक्तानी गर्नुपर्ने र साउन १ गतेपछि कारोबार पनि अनिवार्य रूपमा अनलाइन माध्यमबाट गर्नुपर्ने बोर्डले जनाएको छ।
लगानीकर्ताले अनिवार्य रूपमा ‘मेरो सेयर’बाट राफसाफ गर्नुपर्ने र असारसम्म मेरो सेयरको खाता खोल्दा शुल्क नलाग्ने पनि बोर्डले जारी गरेको सूचनामा उल्लेख छ।
धितोपत्रको कारोबारसँग सम्बन्धित कार्यालय खोल्दा एक तिहाइ कर्मचारीमार्फत आलोपालो गरि खोल्न बोर्डले निर्देशन दिएको छ।
त्यस्तै एक तिहाइ कर्मचारीको लागि एक चौथाई सवारीलाई मात्र बोर्डले पास दिने जनाएको छ। त्यसका लागि कार्यालय प्रमुखले सवारी साधनको विवरण बोर्डमा दिनु पर्नेछ।
लगानीकर्तालाई पनि पास चाहिएमा ब्रोकरको सिफारिसमा एकपटकका लागि पास उपलब्ध गराउने बोर्डले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल