Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

थप ७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०९ पुग्यो

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १७८ पटक पढिएको
थप ७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०९ पुग्यो

उदयपुर, कपिलवस्तु र पर्सामा थप सातजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा संक्रमितको संख्या एक सय नौ पुगेको छ।

उदयपुर, कपिलवस्तु र पर्सामा आज थप सातजनामा कोरोना संक्रमण देखिएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा सातजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार उदयपुरको भुल्केका १८, ४५ र ६५ वर्षका महिलामा संक्रमण पुष्‍टि भएको छ। त्यस्तै कपिलवस्तुका १७, १८ र १८ वर्षकै तीनजना पुरुषमा संक्रमण पुष्‍टि भएको मन्त्रालयले जनाएको छ।

यसैगरी, पर्साको वीरगञ्‍ज महानगरपालिका ३ छपकैयामा थप एकजना ६२ वर्षीय पुरुषमा आज संक्रमण पुष्‍टि भएको छ। कपिलवस्तुमा अस्ति मात्रै दुईजनामा संक्रमण पुष्‍टि भएको थियो। भारतको मुम्बर्इबाट एक साताअघि लुकेर नेपाल प्रवेश गरेका दुईजनामा संक्रमण देखिएको थियो।

आज संक्रमण पुष्‍टि भएकाहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरूलाई अस्पताल लैजाने तयारी भइरहेको छ।

उदयपुरको भुल्के, पर्साको वीरगञ्‍जमा संक्रमितको संख्या धेरै देखिएपछि त्यहाँबाट ठूलो मात्रामा स्वाबको नमूना संकलन भएको थियो। संकलित नमूना परीक्षण गर्दा आज सातजनामा संक्रमण पुष्‍टि भएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल