Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

लकडाउनको स्वरुपबारे विज्ञसँग छलफल गर्न उच्चस्तरीय बैठक बस्दै

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १७२ पटक पढिएको
लकडाउनको स्वरुपबारे विज्ञसँग छलफल गर्न उच्चस्तरीय बैठक बस्दै

कोभिड-१९ रोकथाम तथा नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिको बैठक बस्दैछ। दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्‍न लागेको छ।
लकडाउनलाई निरन्तरता दिने वा केही खुकुलो बनाउने भन्‍ने विषयमा विभिन्‍न क्षेत्रबाट सुझाव आइरहेको बेला सरकारले लकडाउनको स्वरूपबारे विषय विज्ञसँग छलफल गरेर एउटा मोडालिटी तयार गर्न लागेको हो। ४२ दिनदेखि जारी लकडाउन सरकारले पछिल्लो समय २५ वैशाखसम्म निरन्तरता दिएको छ।
सुरक्षा निकायका प्रमुखहरूले पनि देशैभर लकडाउन गर्नुभन्दा पनि जोखिम रहेको क्षेत्रमा निरन्तरता दिने र जोखिम नभएको क्षेत्रमा आवश्यक सावधानी अपनाएर केही खुकुलो पार्नुपर्ने सुझाव दिइसकेका छन्।
मुख्यतया भारतसँग सीमा जोडिएका जिल्लाहरुमा उच्च निगरानी गर्नुपर्ने र लकडाउनमा कडाइ गर्नुपर्ने सुझाव समेटिएको छ। नेपालमा संक्रमितको संख्या बढिरहेकाले अहिले नै लकडाउन खुकुलो बनाउँदा थप संक्रमणको जोखिम हुन सक्ने पनि सुझाव आएको छ।
तर प्रधानमन्त्री केपी शर्मा ओलीले हिजोको मन्त्रिपरिषद्को बैठकमा मन्त्रीहरूलाई सीमा अहिले नै खुला गर्न नसकिने बरु थप कडाइ गर्नुपर्ने र लकडाउन कडा पार्न निर्देशन दिएका थिए। प्रधानमन्त्रीको उक्त निर्देशनलाई आधार मान्‍ने हो भने पनि केही दिन अझै लकडाउनले निरन्तरता पाउने अधिकारीहरू बताउँछन्।
नेपालगञ्‍जमा हिजो एकैदिन १५ जनामा संक्रमण पुष्टि भएपछि थप सुरक्षा निगरानी बढाउनुपर्ने देखिएको कतिपयको सुझाव छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल