Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

बेनी नगरपालिकाले कोरना नियन्त्रण तथा रोकथाम कोष १ करोड बनायो

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २०५ पटक पढिएको
बेनी नगरपालिकाले कोरना नियन्त्रण तथा रोकथाम कोष १ करोड बनायो

बेनी नगरपालिकाले विश्वब्यापी फैलिएको कोरना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण गर्न स्थापित आकस्मिक स्वास्थ्य कोषलाई बढाएर १ करोड पु¥याएको छ ।
नगरपालिकाको आईतवार बसेको कार्यापािलका बैठकले यस अघि आफैले स्थापना गरेको ५० लाखको आकस्मिक स्वास्थ्य कोषलाई बढाएर १ करोड पु¥याउने निर्णय गरेको हो । वैठकले कोष परिचालन गर्न छुट्टै कार्यविधी पनि पारित गरेको जनाएको छ ।
‘बेनी नगरपालिकाको आईतवार सम्पन्न बैठकले आकस्मिक स्वास्थ्य कोषलाई बढाएर १ करोड पु¥याउने निर्णय गरेको छ । बेनीमा प्रस्तावित २० बेडको सुविधायुक्त आईसोलेसन अस्पताल पनि नगरपालिकाले यसै कोषबाट निर्माण गर्ने निर्णय गरेका छौं’ वैठक पछि प्रवक्ता रामकृष्ण बराईलीले संञ्चारकमीसँग भने, ‘आकस्मिक कोषको रकम कोरनाको नाममा जथाभावी खर्च हुने छैन । पारदर्शी र खर्च ब्यवस्थापन गर्न कोष खर्च कार्यविधी पनि बनाएका छौं ।’
प्रमुख जिल्ला अधिकारी (सिडिओ)को अध्यक्षतामा गठित जिल्ला विपद ब्यवस्थापन कोष र उनै सिडिओको अध्यक्षतामा गठित कोभिड–१९ कन्ट्रोल जिल्ला कमाण्ड पोष्टका कतिपय पदाधिकारीले कोरना भाईरस रोकथाम तथा नियन्त्रण गर्न बेनी नगरपालिकाबाट अपेक्षित सहयोग नमिलेको सार्वजनिक अभिब्यक्ति प्रति पनि बेनी नगरपालिकाले असहमति जनाएको छ ।
बेनीमा स्थापना गरिएको क्वारिन्टीनमा कोरना भाईरस संक्रमण आशंकामा विदेशबाट फर्किका ३३ जना राखिएको र उनीहरुको खाना, खाजा, क्वारिन्टीनमा खटिएका सुरक्षाकर्मीलाई खाजा एवं भत्ता, बेनी र नगरपालिका भित्र सडक तथा वस्ती निर्मलीकरण गर्न छर्किएको क्लोरिन, दमकल, अन्य गाडीको इन्धन खर्च सवै बेनी नगरपालिकाले ब्यहोरेको हो तर दुभाग्य कोभिड–१९ कन्ट्रोल जिल्ला कमाण्ड पोष्ट र केही ब्यक्तिलाई हाईहाई गरिएको भन्दै नगरपालिकाका सदस्यहरुले आक्रोस पोखे ।
‘पत्रकारहरुले पनि केही ब्यक्तिलाई मात्र हाई हाई गर्ने तर काम गर्नेलाई ओझेलमा पारेका छन । अहिले कोरनाले निम्त्याएको स्वास्थ्य संकटको सामना गरौं, त्यसपछि पत्रकार र बेनी नगरपालिका विच दोहोरी कार्यक्रम नै आयोजना गरौंला’ बेनी नगरकार्यपलिका सदस्य कृष्ण कुमार विकले भने, ‘संकटको आवरणमा मनलाग्दी खर्च नियन्त्रण आवश्यक छ । हामीले पनि कोषको रकम खर्च ब्यवस्थित गर्न खोजेका छौं । कार्यविधीले अन्य निकायको अनावश्यक हस्तक्षेपलाई पनि नियन्त्रण गर्ने छ ।’
त्यसैविच बेनी बजारमा फेला परेका ९ जना वेवारिसे अवस्थामा रहेका अशक्त, अपाङ्गहरुलाई बेनी खुल्ला मञ्जमा राखेर आईतवार देखी बेनी नगरपालिकाले खानाको ब्यवस्था गर्ने भएको छ । यस अघि बेनीका सामाजिक अगुवा बालकृष्ण सुवेदीले ब्यक्तिगत रुपमा यी ब्यक्तिलाई खाना खुवाउँदै आएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल