Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

कोरोना महामारीबाट जोगिन नेपालको तयारी कस्तो छ ?

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १९२ पटक पढिएको
कोरोना महामारीबाट जोगिन नेपालको तयारी कस्तो छ ?

चीनको हुबेई प्रान्तको वुहान शहरबाट सन् २०१९ का अन्तिम दिनहरूमा नै नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन थालिसकेको थियो। विश्व स्वास्थ्य संगठनले पहिलोपटक २० जनवरी २०२० मा जारी गरेको ‘स्थिति प्रतिवेदन’ अनुसार त्यो मितिसम्म चीनसहित चार देशमा गरी जम्मा २८२ जना कोरोना भाइरसद्वारा संक्रमित थिए। त्यसमध्ये चीनमा २७८ जना, जापान र दक्षिण कोरियामा एक/एकजना तथा थाइल्याण्डमा दुईजना थिए।

त्यसयताको ३४ दिनमा कोरोना भाइरसको संक्रमण चीनसहित ३० देशमा फैलिएको छ। संक्रमितको संख्या ७९ हजार ३३१ पुगेको छ। २४ फेब्रुअरीमा विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको ‘स्थिति प्रतिवेदन’ अनुसार चीनमा मात्रै ७७ हजार २६२ जना संक्रमित भएका छन्, जसमध्ये दुई हजार ५९५ जनाको मृत्यु भएको छ।

त्यस्तै चीनबाहिर दुई हजार ६९ जना संक्रमित छन् भने २३ जनाको मृत्यु भइसकेको छ। चीनबाहिर दक्षिण कोरियामा संक्रमितको संख्या  (७६३ जना) सबैभन्दा बढी छ। त्यहाँ सातजनाको मृत्यु भइसकेको छ। त्यसपछि सबभन्दा धेरै संक्रमित जापानमा छन्, १४४ जना। त्यहाँ पनि एकजनाको मृत्यु भइसकेको छ। जापान नियन्त्रित समुद्रमा ‘क्रुज शीप’ मा रहेका ६९५ जना संक्रमित भएका छन्। त्यहाँ पनि तीनजनाको मृत्यु भइसकेको छ ।

४३ जना मात्रै संक्रमित भएको इरानमा आठजनाको मृत्यु भइसकेको छ। नेपालमा पनि एकजनामा नोवेल कोरोना भाइरसको संक्रमण प्रमाणित भएको छ।

विमानस्थलमा कोरोना भाइरसबाट संक्रमित नदेखिएका व्यक्तिमा पनि केही दिनपछि त्यसको लक्षण देखिन सक्छ। त्यसैले प्रभावित देशबाट आउने व्यक्तिमा विमानस्थलमा लक्षण नदेखिएको भए पनि उसलाई सूक्ष्म निगरानीमा राख्नुपर्ने हुन्छ, जुन काम अहिले हुन सकेको छैन।

विश्व स्वास्थ्य संगठनले गरेको जोखिमको मूल्याङ्कनअनुसार चीन कोभिड–१९ को ‘उच्च जोखिम’मा छ भने बाँकी विश्व ‘जोखिम’मा छ।

यस्तो जोखिमबाट नेपाल पनि टाढा छैन। तर, के नेपालले कोभिड–१९ बाट जोगिन आवश्यक तयारी गरेको छ त ? स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठ भन्छन्, “अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेक्स राखिएको छ। समुदायस्तरसम्म कोरोनाको संक्रमण फैलिइसकेका देशबाट आउने नागरिकलाई अनिवार्य ‘स्क्रिनिङ’को व्यवस्था गरिएको छ।”

३ फागुनमा चीनको वुहानबाट उद्धार गरेर ल्याएका १७५ जना विद्यार्थी, उनीहरूको उद्धारमा खटिएका पाइलटसहितका चालक दलका सदस्य र स्वास्थ्यकर्मीलाई भक्तपुरस्थित खरिपाटीमा रहेको क्‍वारेन्टाइनमा राखिएको छ।

विमानस्थलमा राखिएका दुईमध्ये एउटा थर्मल स्क्यानर बिग्रिएको छ। नोवेल कोरोना भाइरसबाट संक्रमित यात्रुको शारीरिक परीक्षणका लागि राखिएको स्क्यानर बिग्रिएको तीन साता बितिसकेको छ। मर्मत गरिएको छैन।  सम्भावित महामारी फैलिइहालेमा त्यसलाई रोक्नका लागि यस्तो निम्छरो तयारीले पुग्ने छैन। दैनिक औसत ६ हजार यात्रु आउने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड–१९ को स्क्रिनिङका लागि जम्मा ९ जना स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ। तैपनि त्यहाँ कुनै जाँचबिना यात्रुहरू निर्वाध भित्रिरहेको तथ्य बारम्बार सार्वजनिक भइरहेको छ।

विमानस्थलमा कोरोना भाइरसबाट संक्रमित नदेखिएका व्यक्तिमा पनि केही दिनपछि त्यसको लक्षण देखिन सक्छ। त्यसैले प्रभावित देशबाट आउने व्यक्तिमा विमानस्थलमा लक्षण नदेखिएको भए पनि उसलाई सूक्ष्म निगरानीमा राख्नुपर्ने हुन्छ, जुन काम अहिले हुन सकेको छैन।

अहिले चीनपछि सबैभन्दा बढी व्यक्ति संक्रमित भएका देशहरू दक्षिण कोरिया र जापानबाट पनि नेपालमा निर्वाध आवागमन भइरहेको छ। ती देशमा अध्ययन गर्न, पेशा व्यवसाय गर्न र श्रमका लागि गएका नेपालीको संख्या उच्च छ। करीब ५० हजार कामदार रहेको दक्षिण कोरियाबाट दैनिक २०० को संख्यामा नेपाली स्वदेश फर्कन्छन्। उनीहरू निगरानीबिनै नेपाल आइरहेका छन्।

नेपाल कतिसम्म बेपरवाह छ भन्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको सार्वजनिक आह्‍वानबाट पनि बुझ्न सकिन्छ। उनले नेपाललाई ‘कोरोना फ्री जोन’ घोषणा गरी विश्वभरबाट पर्यटक बोलाउने मौका यसलाई मानेका छन्। जबकि अहिले नेपाल आउने हरेक यात्रुलाई परीक्षण गर्नुपर्ने अवस्था छ।

चीनपछि अहिलेको प्रमुख चासो दक्षिण कोरिया र जापानमा देखाउनुपर्ने हो। कोरियाको थेगु तथा आसपासका क्षेत्रमा सबैभन्दा बढी मात्रामा कोरोना भाइरसको संक्रमण फैलिएको छ। त्यस क्षेत्रमा पनि थुप्रै नेपालीको बसोबास छ।

सोलस्थित नेपाली दूतावासले ११ फागुनमा विज्ञप्ति जारी गरेर दिनदिनै तीव्र गतिमा कोरोनाको संक्रमण फैलिइरहेको जनाएको छ र सतर्क रहन आह्‍वान गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल