FLASH NEWS
  • Loading...

अन्नपूर्णका गाईपालक कृषकलाई कोरना भाईरसको पीरलो

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २०२ पटक पढिएको
अन्नपूर्णका गाईपालक कृषकलाई कोरना भाईरसको पीरलो

कोरना भाईरस (कोभिड १९)बाट संक्रमण फैलदै विश्वभर महामारीको रुपमा देखिन थालेपछि हिमाली जिल्ला म्याग्दीका गाईपालक कृषकलाई निरास बनाएको छ ।

फैलदो महामारीको त्रासले नेपाल भ्रमणमा आउने पर्यटक घट्लान र आफुले उत्पाद गरेको चीज नविक्ला भन्ने चिन्ता बढेको हो ।  चीज सेवन गर्ने खास ग्राहक पर्यटक घटेसँगै बजारबाट हिमालय चीजको माग हृवात्तै घटेपछि कृषक आत्तिएका हुन ।

पर्यटकको रुचीमा पर्ने अन्नपूर्ण चक्रिय पदमार्गका प्रमुख गन्तब्यहरु तातोपानी, घोडेपानी, टाडापानी समेतका पर्यटकीय क्षेत्रका होटल/रेष्टुरेन्टबाट चीजको माग आएको छैन । अन्नपूर्ण गाउँपालिका, ५ पाउद्धार, ६ घार र ८ राम्चेका गाई पालक कृषकले छुट्टाछुट्टै गाईको दुधबाट चीज उत्पादन गरी स्थानीय पर्यटकीय वजारमा विक्रि गर्दे आएका छन ।

‘कोरना भाईरस संक्रमणको त्रासले पर्यटक घट्ने भन्दै होटलले चीजको अर्डर रोकेपछि हामी समस्यामा छौं’ हिमालय चीज उद्योगका श्याम खड्काले भने, ‘चीज उत्पादन गरौं विक्रि हुने छाँट छैन, नगरौं कृषकको दुध के गर्ने समस्या भएको छ । कोरनाको पीरलो हामी हिमालमुनीका कृषकलाई पो पर्यो त ।’

३५ जना गाईपालक कृषक आवद्ध निलगिरी गाई पालन कृषी सहकारी संस्थाले नै हिमालय चिज उद्योग स्थापना गरेको हो । दैनिक ३०० लिटर दुधबाट ४० किलोग्राम चीज उत्पादन हुन्छ ।

महिनाको पहिलो दिन कृषकले दुधको प्रतिलिटर ८० रुपैयाँका दरले नगद बुझ्छन । समुहमा दैनिक १ लिटरदेखी ३० लिटरसम्म दुध ल्याउने कृषक छन । कृषकले दुध वेचेर राम्रो आम्दानी गर्दै आएका कृषकलाई चिज विक्रि नभएपछि पीर थपिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल