Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

कम्पनीले वितरण गर्ने लाभांश कसरी खातामा जम्मा हुन्छ ?

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३१६ पटक पढिएको
कम्पनीले वितरण गर्ने लाभांश कसरी खातामा जम्मा हुन्छ ?
देशका ग्रामीण भेगमा रहेका नागरिकले प्राथमिक शेयर खरिद गरी लामो समयसम्म त्यसको दोस्रो बजारमा खरिद बिक्री नगर्ने र त्यस कम्पनी मार्फत वितरण गरिएको लाभांश समेत संकलन गर्ने गरेको पाइदैन् ।
हाल धितोपत्रको प्राथमिक बजार मुलुकका सबै भेगमा पुगेको छ । उक्त सबै भेगबाट आवेदन गरेर प्राप्त गरेको शेयरको लाभांश लिन लगानीकर्ताहरु अनभिज्ञ भएको पाइन्छ ।
जसरी धितोपत्रको प्राथमिक बजार मुलुकभर पुगेसँगै ग्रामीण भेगका लगानीकर्ताले कम्पनी मार्फत प्राप्त गर्ने लाभांश कसरी संकलन गर्ने भन्ने बारेमा जानकारी नभएर आफूले उक्त लाभांश लिनबाट बञ्चित भएका छन् ।
साधारणतया कुनै पनि कम्पनीको नाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गरिने रकमलाई नगद लाभांस भनिन्छ । कम्पनीले आर्जन गरेको मुनाफाको केही प्रतिशत रकम प्रतिकित्ता शेयर हिसाब गरी सबै शेयरधनीलाई आ–आफ्नो हक अनुसार वितरण गरिने रकमलाई नगद लाभांश भनिन्छ ।
उदाहरणका लागि, यदि तपाईले एकसय कित्ता शेयरमा लगानी गरेको कम्पनीले आफ्नो मुनाफाबाट १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्यो भने तपाईले उक्त कम्पनीबाट प्रतिकित्ता १० रुपैयाँका दरले कर सहित एक हजार रुपैयाँ नगद लाभांशको रुपमा प्राप्त गर्न सक्नु हुनेछ ।
पूँजी बजारमा लगानी गरेका लगानीकर्ताले शेयर बजारमा लगानी गरिसकेपछि कसरी कम्पनीले वितरण गर्ने लाभांश संकलन गर्ने भन्ने बारेमा जानकारी नहुँदा कम्पनीहरुले वितरण गरेको नगद लाभांश फ्रिज हुने गरेको छ ।
कम्पनीका सञ्चालक समितिले शेयरधनीलाई वितरण गर्न घोषणा गरेको लाभांश वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि तत्काल शेयरधनीलाई वितरण गर्न समेत सुरु गरेका छन् । तर शेयर सम्बन्धी पर्याप्त जानकारी नभएका दुर दराजका लगानीकर्ताहरुले उक्त लाभांस कसरी लिने भन्ने बारेमा जानकारी नहुदा आफ्नो हकको लाभांश लिनबाट बञ्चित भएका छन् ।
कसरी लिन सकिन्छ नगद लाभांश ?
नेपाल स्टकमा सूचिकृत भएका अधिकांश कम्पनीहरुले चालु आर्थिक वर्षको वार्षिक साधारण सभा सम्पन्न गराईसकेका छन् । जुन साधारण सभाबाट अनुमोदन गराएको लाभांश कम्पनीहरुले वितरण गरिसकेका छन् । यद्यपि उक्त नगद लाभांश सबै शेयरधनीको हातमा पर्न सकिरहेको छैन् । अहिले कम्पनीहरुले प्रदान गर्ने नगद लाभांश तथा बोनस शेयर शेयरधनीको खातामा जम्मा हुने ब्यवस्था छ ।
लगानीकर्ताले नगद लाभांश लिनका लागि पहिले पहिले जस्तो झन्झटिलो नभएको एनएमबि क्यापिटलले जनाएको छ । जहाँ लगानीकर्ताको हितग्राही खातामा आफ्नो बैंक खाता अध्यावधिक गराए पछि कम्पनीले उक्त शेयरधनीको हकमा प्राप्त रकम बैंक खातामा पठाउने छ । सम्बन्धित कम्पनीहरुले नगद लाभांश वितरण गर्न शेयर बिक्री प्रवन्धकलाई सम्पूर्ण विवरण उपलब्ध गराए पछि शेयरधनीको बैंक खातामा पठाउने गरेको क्यापिटलले बताएको छ ।
कहिलेकाहीँ शेयरधनीहरुले गलत बैंक खाता उपलब्ध गराउदा र बन्द भईसकेको बैंकको खाता हितग्राही खातामा अध्यावधिक गराउदा नगद वितरण गर्न समस्या हुने गरेको विक्री प्रवन्धकहरु बताउछन् ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल