FLASH NEWS
  • Loading...

‘पत्रकारिता पुँजीपति वर्गको हातमा जाँदैछ’

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २९० पटक पढिएको
‘पत्रकारिता पुँजीपति वर्गको हातमा जाँदैछ’

किताब यात्रा फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘किताब जात्रा’को दोस्रो सत्रनको बहस थियो– दशकका सुख दुःख : समाज, साहित्य र समाचार । बहसमा सहभागी थिए कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मा, लेखक तथा चिन्तक आहुति र लेखक अर्चना थापा । सहजकर्ता थिए पत्रकार टीकाराम यात्री ।
बहसमा सम्पादक शर्माले सञ्चार र साहित्यको विकास समानान्तर र परिपूरक भएको बताए। तर, सबैको अहिले हात हातमा प्रविधि भएको हुँदा पत्रकारको पहिचानमाथि नै समस्या भएको शर्माको भनाइ थियो। ‘लेखनको हिसाबमा पहिले मिहिनेत गरेर डेप्थमागएर जान सकिन्थ्यो। तर अहिले परिश्रम नगर्ने स्वभाव बनिरहेको छ। चाहे त्यो लेख वा किताबबाट होस्। तुरुन्तै प्रतिक्रिया आउँछ। त्यसैले लेखन वा पठन संस्कृतिमा चुनौती आउने सम्भावना छ,’ उनले भने।
लेखक तथा चिन्तक आहुतिले एक दशकमा मानिसको चेतनामा जागरुकता आएको बताए। तर जागरुकता आएको चेतनामा प्रतिगमन भएको उनको चिन्ता थियो। ‘ठूलो कुरा प्रगतिशील चेतनामा प्रतिगमन भयो। त्यो डरलाग्दो कुरा हो। बौद्धिकहरु सबै बजारको माल बन्यो। ठूलो षड्यन्त्रकारी समयमा छाैँ हामी अहिले,’ आहुतिले भने। जागरणले मात्र समग्र संरचनामा परिवर्तन ल्याउन नसकेको आहुतिको तर्क थियो। ‘हामी एउटा कुनामा बसेर कराउँछाैँ । तर राज त गैंडालाई राइनो बनाउनेले गरिरहेका छन् नि,’ आहुतिले व्यंग्य गरे।

लेखिका अर्चना थापाले भने साहित्यको विभिन्न विधामा विभिन्न शैली, विषयवस्तु र प्रस्तुतिलाई हेर्दा सकरात्मक परिवर्तन केलाउन सकिने बताइन्। यद्यपि, डिजिटल मिडियाका कारण लेखनमा मिहिनेत कम देखिएको उनले बताइन्।

‘अहिले पुस्तकमा कर लागाएका कुरा आइरहेका छन्। यसले पाठकमा समस्या ल्याइरहेको छ। रिसर्च गर्ने विद्यार्थीको लागि लाइब्रेरी र चाहेको जस्तो किताब छैन,’ उनले भनिन्, ‘ज्ञानलाई प्रश्न गर्ने र चुनौती दिने प्रकृति भए पनि लेखनमा भने मिहिनेत कम हुँदै गएको छ।’

संकटमा पत्रकारिता

सहजकर्ता यात्रीले प्रश्न तेर्स्याए, ‘अहिले हरेक महोत्सवमा लेखकभन्दा पत्रकार बढी हुन्छन्। पत्रकार भएन भने महोत्सव चल्दैन हो?’ लेखिका थापाले पत्रकारितमाथि नै व्यंग्य गर्दै भनिन्, ‘समाचार नि साहित्यिक नै पो हुन् कि। अहिले समाचारमा पनि साहित्य देखिन थालेको छु। साहित्य हो कि समाचार छुट्याउन गाह्रो छ।’

पत्रकार शर्माले सहमति जनाउँदै पत्रकारिता पनि संकटमा गइरहेकोमा सहमति जनाए। ‘अर्चनाको कुरालाई सहमत मान्दै भन्छु पत्रकारितामा त्यस्तै समस्या भइरहेको छ। जे पनि लेख्न र भन्न त पाइँदैन। राज्यको सीमाभित्र बसेपछि कतिसम्म दिने नदिने भन्न कुराको सीमा हुनुपर्छ। हामी संक्रमणबाट गुज्रिरहेका छाैँ,’ शर्माले भने।

यसमा फरक मत राख्दै आहुतिले आम मानिसको हातमा मिडिया पुग्नु गलत नभएको बताए। ‘समाज आफैंले त्यसलाई मिलाउँदै गएको छ। हात हातमा मिडिया पुग्नु गलत हैन। पुँजीपतीको हातमा मिडिया छ। त्योबाट खोस्न कठिन छ। कर्पोरेट मिडियालाई छिचोल्न आम मानिसले घेर्नुपर्छ। गलत समाचारको विरुद्ध पुँजीपति वर्गको कब्जामा मिडिया हाउस जाँदैछ,’ आहुतिले भने।
कान्तिपुरबाट
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल