Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

कर्मचारीले तलव पाए, सोमबारदेखीे बेनीको फोहोर उठ्ने

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २२३ पटक पढिएको
कर्मचारीले तलव पाए, सोमबारदेखीे बेनीको फोहोर उठ्ने

एक सातादेखी रोकिएको बेनी नगर क्षेत्रको फोहोरमैला सोमबारदेखी संकलन गर्न कर्मचारी सहमत भएका छन ।

फोहोरमैला ब्यवस्थापन ठेक्का लिएको मिसन फर वेष्ट मेनेजमेन्ट प्रालिले बेनी नगरपालिकाबाट रकम पेश्कि लिएर कर्मचारीको वैंक खातामा जम्मा गरेको भौचर पेश गरेपछि कर्मचारीहरु सोमबारदेखी काममा फर्कन सहमती भएको हो ।

तीन महिनादेखी तलव नपाएपछि फोहोरमैला संकलनमा १४ बर्षदेखी संलग्न बेनी नगरपालिका, ३ भकिम्लीकी मनकुमारी परियार समेत जुना दमाई र सवारी चालक चित्रबहादुर बुढाथोकीले काम रोकेका थिए ।

फोहोर संकलक परियार र दमाईले मासिक १९ हजार ४ सय र चालक बुढाथोकीले मासिक २५ हजार ४ सय तलव, वार्षिक पोशाक भक्ता र एक महिनाको तलव बरावरको दशैं खर्च पाउँदै आएका छन ।

‘अव नियमित तलव नपाए प्रालिमा होईन जनप्रतिनिधीको घर जान्छौं’ सहमति पछि मनकुमारीले भनिन, ‘हामीलाई सुरुमा नगरपालिकाले नै नियुक्त गरेको हो, फोहोर ब्यवस्थापन गर्न हामी प्रालिमा गएका मात्र हौं ।’

नगरपालिकाको बेनी, गलेश्वर र तातोपानी क्षेत्रबाट उत्सर्जन हुने फोहोर ब्यवस्थापन गर्न आफ्ना फोहोर संकलनमा संलग्न कर्मचारी सहित पोखरा महाँनगरपालिका, ५ को मिसन फर वेष्ट मेनेजमेन्ट प्रालिलाई ठेक्का दिएको थियो । फोहोर मैलाबाट संकलिन ४० प्रतिशत शुल्क नगरपालिका र ६० प्रतिशत रकम कम्पनीले पाउने सम्झौता छ ।

एक दशकबढी आफ्नो कार्यालयमा सेवा गरेका कर्मचारीलाई अर्को निजी कम्पनीलाई सुम्पेको बेनी नगरपालिकाले फोहोरमैला उठ्न छोडेको सातापछि वल्न छलफलमा बसेको हो ।

‘आन्दोलनरत कर्मचारीको खातामा रकम जम्मा भैसकेको छ । अव सोमबारदेखी काममा फर्कनु हुन्छ’ बेनी नगरपालिकाका प्रमुख हरीकुमार श्रेष्ठले भने, ‘करारका कर्मचारी भनेको दैनिक ज्यालादारी जस्तै हो । प्रालिले कम्तीमा सरकारले तोकेको मापदण्ड अनुसार तलवभत्ता दिएको छ । फोहोरमा राजनिती छिर्न खोज्दा समस्या देखिएको हो । अव सुल्झियो ।’

बेनी नगरपालिकाले कम्पनीलाई नियमित रकम भुक्तानी नदिएको र डम्पिङ् साईटमा संकलित फोहोर विक्रि नहुँदा मजदुरलाई मासिक तलव दिन नसकेको बेनीबाट उत्सर्जन हुने फोहोरमैला ब्यवस्थापनको जिम्मा लिएको पोखराको मिसन फर वेष्ट मेनेजमेन्ट प्रालिले बताएको छ । बेनी नगरपालिकासँग हामीले उपकरणको इन्धन र मर्मत गर्ने तथा मजदुरको तलव मात्र दिने गरी ब्यवस्थापन जिम्मा लिएको भएपनि मजदुरले अन्य सेवा सुविधाको विषय जोडेर आन्दोलन सुरु गरेका दावि गरेको छ ।

‘आज (आईतवार) हामीले कर्मचारीको खातामा तलव जम्मा गरेका छौं । हामीले सम्झौता अनुसारको सेवा सुविधा दिएका छौं’ बेनीको फोहोर ब्यवस्थापन कम्पनीका संञ्चालक सदस्य मध्यका एक यामबहादुर परियारले भने, ‘नगरपालिकाले मासिक झुक्तानी नदिएको र संकलित कवाडी वित्रि नभएकोले कर्मचारीको तलव ढिलाई भएको हो ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल