- Loading...
सिद्धार्थ मावि च्युरिबोटका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
- पुनहिल डट कम
- ५ साल अघि
- २४० पटक पढिएको

मालिका गाउँपालिका –४ च्युरिबोट स्थित सिद्धार्थ माविमा अध्ययनरत विद्यार्थीलाइ पुरस्कार र शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको छ । च्युरिबोट घर भई हाल युकेमा कार्यरत बलबहादुर चोचाङ्गी पुन र बागबिर चोचाङ्गी पुन मगरद्धारा स्थापित वि एण्ड वि फाण्डेशनले पुरस्कार वितरण र शैक्षिक सामाग्री वितरण गरेको हो ।
फाउण्डेशनले दुई जना जेहेन्दार तथा गरिब विद्यार्थीलाई जनही ५–५ हजार आर्थिक सहयोग गर्यो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगर, फाउण्डेशनका संस्थापक बागबिर चोचाङ्गी पुन, अभिभावकद्धय तमबहादुर पुन र नरबहादुर पुनले पुस्कार तथा शैक्षिक सामाग्री वितरण गरेका थिए ।
पत्रकार राम्जाली सम्मानित
म्याग्दीका क्रियाशिल पत्रकार साधन घर्ति मगरलाई वि एण्ड वि फाण्डेशनले नगद १० हजार सहित सम्मान गरेको छ ।
मालिका गाउँपालिका –४ च्युरिबोट स्थित सिद्धार्थ माविमा आयोजित एक कार्यक्रमका विच पत्रकार राम्जालीलाई सम्मान गरिएको हो । मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगर र फाउण्डेशनका संस्थापक सदस्य बागबिर चोचाङ्गी पुनले नगद दश हजार रुपैयाँसहति सम्मानपत्रले सम्मान गरेका थिए ।
पत्रकार राम्जाली म्याग्दी न्युज डटकम, आदर्श समाज राष्ट्रिय दैनिक, फेवा टेलिभिजन, नाइस टेलिभिजन लगायत विभिन्न संचार माध्यममा आवद्ध छन् ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
