- Loading...
ताकमको निशुल्क स्वास्थ्य शिविरबाट १२ सयबढी विरामी लाभान्वीत
- पुनहिल डट कम
- ५ साल अघि
- १६२ पटक पढिएको

लायन्स क्लव अफ बेनी पिससिटीको आयाोजनामा जिल्लाको दुर्गम धौलागिरी गाउँपालिका, ७ ताकममा शनिवार र आईतवार संञ्चालित निशुल्क स्वास्थ्य शिविरबाट १२ सय विरामीले सेवा पाएका छन ।
धौलागिरी गाउँपालिकाको वडा नं १ गुर्जा, २ लुलाङ, ३ मुना, ४ मुदी र ७ ताकमका विरामीले बाक्लो हिउँ छिचोल्दै स्वास्थ्य शिविरमा आएका थिए । शिविरमा नाक, कान, घाँटीका २ सय १०, हाडजोर्नीका २ सय ७०, स्त्रीरोगका २ सय ५०, छातीमुटु रोगका ३ सयबढी, छाला तथा यौनरोगका १ सय ५० र दाँतका समस्या हुने २ सय ५० जना विरामीको निशुल्क उपचार गरिएको लायन्स क्लव अफ बेनी पीससिटीका अध्यक्ष नरेश श्रेष्ठले बताए । शिविरमा २ सयबढी स्त्री तथा पेटका रोगीले भिडियो एक्सरे सेवा पनि लिएका थिए ।
गण्डकी मेडिकल कलेज पोखरा र धौलागिरी गाउँपालिकाको प्राविधिक तथा ब्यवस्थापकीय सहकार्य गरेका हुन । शिविरमा वितरित सवै औषधी आयोजक लायन्स क्लव अफ बेनी पीससिटीले ब्यवस्थापन गरेको हो ।
स्वास्थ्य शिविरमा गण्डकी मेडिकल कलेज पोखराका डाक्टरहरु क्रमश ः स्त्रीरोगकी डा. सविता थापा, मेडिसिनका डा.तीर्थलाल उपध्याय, हाडजोर्नीका डा.कृष्ण विष्ट, रेडियोलोजिष्ट डा। नवराज पौडेल, बालरोगका डा राशनी वास्तकोटी, छाला तथा यौनरोगका डा सौरभ अर्याल, नाक, कान, घाँटीका पुर्शव शाह र दन्तका डाक्टर टिकाराम गुरुङ्गसमेतको २३ जनाको श्वास्थ्यकर्मी टोली संलग्न भएको थियो ।
‘लायन्स क्लव वेनी पीससिटीका साथीहरुले ब्यक्तिगत र केही अन्य साथीहरुसँग आर्थिक सहयोग जुटाएर शिविर आयोजना गरिएको हो’ क्लवका संस्थापक राजेश शाक्यले भने, ‘दुर्गम भेगका अधिकांश विरामीले विरामीहुँदा कहिल्लै डाक्टरी सेवा लिन नपाएका धेरै छन । उनीहरुकालागी यस्तो निशुल्क स्वास्थ्य शिविर उपयोगी छ ।’
तस्वीर ः नवविकल्पबाट

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
