Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

खै वन्यजन्तु मार्ग ?

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २१३ पटक पढिएको
खै वन्यजन्तु मार्ग ?

|Image by viator

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र ढोरपाटन सिकार आरक्षको विचमा फैलिएको धौलागिरी फेदीको घना जंगललाई संरक्षण क्षेत्र घोषणा गरी वन्यजन्तु मार्ग  (वाईल्डलाईफ करिडोर) बनाउने योजना अलपत्र परेको छ ।
स्थानीय तह गठनसँगै वन्यजन्तु मार्ग निर्माण प्रयास ओझेलमा परेको हो । साविक जिल्ला विकास समितिको परिषद वैठकले ०७१ फागुनमा धौलागिरी हिमालको फेदीलाई वन्यजन्तु मार्ग बनाउने प्रस्ताव पास गरी प्रस्तावको फाईल वन मन्त्रालयमा पुर्‍याएको थियो ।
ढोरपाटन देखी एक्याप क्षेत्रमा पर्ने कालीगण्डकी नदीसम्मका वस्तीभन्दा माथिल्लो चरन तथा राष्ट्रिय वन क्षेत्रलाई समेटेर समुदायमा आधारित धौलागिरी वन्यजन्तु मार्ग बनाउने प्रस्ताव वन मन्त्रालयमा पुगेको छ । एक्याप, सिकार आरक्ष, प्रकृति संरक्षण कोषसंग एकसरो छलफल पनि भएको होतत्कालिन संविधान सभा सदस्य नवराज शर्माले भने, ‘राज्य पुनःसंरचना भएपछि एजेण्डा ओझेल परेको हो । अव स्थानीय तहले यो प्रस्ताव अगाडी वढाउनु उपयुक्त हुन्छ ।
ढोरपाटन सिकार आरक्ष र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा क्षेत्रमा संरक्षण गरिएका हिमाली भालु, निलभेडा, हिउँ चितुवालगाएत वन्यजन्तुको चोरी सिकार रोकि वन्यजन्तुको सुरक्षित ओहोरदोहोर गराउन वन्यजन्तु मार्ग बनाउन खोजिएको थियो ।
वन ब्यवस्थापन, जैविक विविधता र वन्यजन्तु संरक्षणमा नमुना ठहरिएको एक्यापको मोडेलमा सुधार गरी  दुई संरक्षण क्षेत्र विचमा पर्ने  राष्ट्रिय वनजंगल, चरन क्षेत्र, बुक्यानहरु समेटेर वन्यजन्तु पदमार्गको अवधारणा आएको हो ।
प्रस्तावित वन्यजन्तु पदमार्गमा हालका धौलागिरी गाउँपालिका १ गुर्जा, २ लुलाङ, ४ मुदी, रघुगंगा गाउँपालिका, ७ चिमखोला, ८ कुईनेमंगले र अन्नपूर्ण गाउँपालिकाको वडा ३ दानाको माथिल्लो क्षेत्रलाई समेट्ने तथा मुस्ताङको थासाङ गापाको केही वडा समेट्ने छ ।
कालीगण्डकी पश्चिमदेखी ढोरपाटन क्षेत्रसम्मका हिमालमुनीका सरकारी जंगलमा वन्यजन्तुको सुरक्षित मार्ग महसुस गरिएको होधौलागिरी पर्यटन विकास परिषद म्याग्दीका अध्यक्ष अमर बानियाँले भने, ‘वन्यजन्तु पदमार्गल पर्यवरणमा सन्तुलन कायम राख्न मात्र होईन ओझेलमा परेको धौलागिरी फेदीमा पर्यटन विकास गराउने विश्वास छ ।
ढोरपाटन शिकार आरक्षको मुख्य आकर्षण निलभेडा (नाउर) र झारल (हिमाली थार) पाईन्छ । हिउँ चितुवा, चित्तल, थारल, घोरल, भालु, बँदेल, हिमाली कालो भालु, झुक्ने मृग, रातो पाण्डा समेत लोपुन्मुख बन्यजन्तुको सिकार गर्न निषेध छ ।
नाउर, झारल समेत धौलागिरी क्षेत्रमा हिउँ चितुवा बढी भएपनि संरक्षण भएको छैन । क्याप क्षेत्रमा पनी लोपोन्मुख वन्यजन्तु छन ।
नेपालको मुख्य हिमालहरु सगरमाथा, कन्चनजंगा, गौरीशंकर, मनास्लु, अन्नपूर्ण हिमालहरु समेर राष्ट्रिय निकुञ्ज, आरक्ष वा संरक्षण क्षेत्र बनेका भएपनि संसारको सातौं अग्लो हिमाल धौलागिरीलाई संरक्षण क्षेत्र बनाउन बाँकी छ ।

Image by viator

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल