Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

नेपालले इतिहासमै सर्वाधिक ५१ स्वर्ण पदक

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २४५ पटक पढिएको
नेपालले इतिहासमै सर्वाधिक ५१ स्वर्ण पदक

नेपालमा १० दिनसम्म सञ्चालित १३औं दक्षिण एशियाली खेलकुदमा नेपालले ५१ स्वर्ण पदक जितेको छ।

नेपालले ५५ रजत र ८९ कांस्यसहित १९५ पदक जितेको छ। कूल ५० स्वर्ण जित्ने लक्ष्य लिएको नेपालले अन्तिम दिन दुई स्वर्ण जित्दै लक्ष्य पार गरेको हो।

२३ मंसीरसम्म ४९ स्वर्ण जितेको नेपालले आज बक्सिङ र पुरुष फुटबलमा स्वर्ण थपेको हो।  नेपालले ६० रजत र ९५ कांस्यसहित कूल २०६  पदक जितेको छ।

सागको आजै समापन भएको छ।

समापन समारोअघि भुटानसँगको फाइनलमा नेपालले २–१ गोल अन्तरले जीत  निकाल्यो। यो जितसँगै नेपाली फुटबल टोलीले सागमा चौथोपटक स्वर्ण जितेको छ। सागको यो संस्करणमा भारत सर्वाधिक पदकसहित पहिलो हुँदा नेपाल दोस्रो भयो। भारतले १७४ स्वर्ण, ९३ रजत र ४५ कांस्यसहित ३१२ पदक जित्यो।

४० स्वर्ण, ८३ रजत र १२८ कांस्यसहित कूल २५१ पदक जितेको श्रीलंका तेस्रो भयो भने ३१ स्वर्ण, ४१ रजत र ५९ कांस्यसहित १३१ पदक जितेको पाकिस्तान चौथो भयो। १९ स्वर्ण ल्याएको बंगलादेश पाँचौं र १ स्वर्ण ल्याएको माल्दिभ्स छैठौं भयो। भुटानले भने यो संस्करणमा एउटा पनि स्वर्ण जित्न सकेन। उसले ७ रजत र १३ कांस्य पदक मात्र जित्न सक्यो।

सागको समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फ्रेन्स मार्फत सम्बोधन गरे । प्रधानमन्त्री ओलीले भोलि, २५ मंसीरमा सागमा पदक विजेता खेलाडी र खेलपदाधिकारीसँग भेट गर्ने र खेलाडीहरूका लागि अहिलेसम्मकै ठूलो पुरस्कार राशी घोषणा गर्ने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले बताए।

दशरथ रंगशालामा जारी समापन समारोहमा आयोजक राष्ट्र नेपालले पाकिस्तानलाई झण्डा हस्तान्तरण गर्नेछ। प्रत्येक दुई वर्षको अन्तरालमा हुने प्रतियोगिताको आयोजना अब पाकिस्तानले गर्नेछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल