FLASH NEWS
  • Loading...

म्याग्दीको गलेश्वरधाममा सतवीज छर्नेको भीड

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २८२ पटक पढिएको
म्याग्दीको गलेश्वरधाममा सतवीज छर्नेको भीड

नेपालकै प्रसिद्ध तिर्थस्थलमध्यको एक म्याग्दीको गलेश्वरधाममा सतबिज छर्नेको विहानै देखि भीड लागेको छ ।

सतविज छर्न जिल्लाबाहेक बाग्लुङ्ग, मुस्ताङ्ग, पर्वत, कास्की, पोखरा, तनहुंबाट समेत ठुलो संख्यामा भक्तजन आएका छन । रहुगंगा र कृष्णगण्डकीको संगमस्थल गलेश्वर मन्दिरमा प्रत्येक वर्ष बालाचतुर्दशीका दिन ठुलो मेला लाग्ने गर्दछ ।

टाढाका भक्तजनहरु आईतवार साँझ नै गलेश्वरमा आई रातभर भजन किर्तनगरी जाग्राम बसेका थिए । मुक्तिद्वारको रुपमा परिचित कालीगण्डकी नदी किनाराका चार प्रमुख तीर्थस्थल मध्यको एक गलेश्वरमा वालाचतुर्दशीमा गलेश्वरमा ‘रोट’ चढाए आफ्नो मनोकांक्षा पुरा हुन्छ भन्ने जनविश्वास रहेको छ ।

बेनी बजारबाट करिव ३.५ कि.मी.उत्तर तर्फ रहेको बेनी नगरपालिका, ९ मा अवस्थित गलेश्वर धाम नेपालकै एक प्रसिद्ध तिर्थ धाम हो । गलेश्वरको नामाकरण सम्बन्धमा विभिन्न किम्बदन्तीहरु मध्य स्कन्दपुराणका अनुसार हिमालय पर्वतकी छोरी सतीदेवीले आफ्ना पति शिवको निन्दा गरेको सुन्न नसकि यज्ञको बल्लो आगोमा आफ्लाई होमेपछि बौलाह जस्ता महादेवले सतीदेवीको मृत शरिरलाई बोकेर हिंड्ने क्रममा यस स्थानमा गलो खसेकोले भनिएको छ ।

गलेश्वर महादेवको मुल अंग स्वयं उत्पन्न भएको ज्योर्तिलिङ्ग हो । उक्त शिव लिंङ्गलाई पुजा अर्चना गर्ने क्रम परापूवकाल देखिकै हो । शिव लिंङ्गलाइ एकजना नाथ वावाले पुजा अर्चना गर्दै आएको र केही समयपछि अर्का तपसिले खरको छाना हालेको भन्ने विश्वास छ । मन्दीरको पुरानो स्वरुप नष्टगरी पुरातात्वीक महत्व गर्दै हालको प्यागोडा शैलीको आधुनिक प्रविधीको मन्दीर पछि निर्माण भएको हो । गलेश्वरधाममा धार्मिक महत्वको बोकेको एउटै विशाल शालिगग्रामको ढुङ्गामाथी रहेको छ । शालिगग्राम एउटा कालो रंगको ढुङ्गा हो । हिन्दुधर्मालम्बीले यस्लाई भगवान विष्णुको प्रतिक मानी पुजा गर्छन् । शालिगग्राम कालिगण्डकी नदी बाहेक संसारको अन्यत्र नपाईने हिन्दुधर्मालम्बीहरुको दावी छ ।

बराह तलाउ

गलेश्वर मन्दिर परिसर भित्रै चट्टान वीच लाम्चो आकार परेको एक जल कुण्ड छ । बाह्रैमास पानी नसुक्ने तलाउ छ । हिउँदको खडेरीमा समेत नसुक्ने तलाउको पानी बर्खाको झरीमासमेत पुरै भरिदैन ।  तलाउमा  बुढानीलकण्ठ भगवानको मुर्ति स्थापना गरिएको छ । ढुङ्गाको विचमा स्वनिर्मित तलाउको पानी हिउँद/बर्खा एक नास रहनु नै हो ।

राधाकृष्ण मन्दिर

गलेश्वर शिवालयकै परिसरभित्र अर्को महत्वपूर्ण मन्दीर छ, राधाकृष्णको । ढुगाको गारो, प्लास्टर गरिएको  ढुंगाकै तीन तले ढलौटको गजुरयूक्त राधाकृष्णको मन्दिर बनाइएको छ । मन्दिर भित्र सुदामा, कृष्ण, राधा, सुदर्शन, रामनुजास्वामी षडगोवा स्वामी, शालिग्राम आदिका मुर्तिहरु राखिएका छन् । मन्दीरमा बैष्णवहरुले मुख्य पुजाअर्चना गर्ने गरेका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल