Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

‘सीमा मिचिएकोबारे भारतलाई पत्राचार गरिसक्यौं’ रिमाल

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २३९ पटक पढिएको
‘सीमा मिचिएकोबारे भारतलाई पत्राचार गरिसक्यौं’ रिमाल

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा गरेको सीमा अतिक्रमणबारे सरकारले भारत सरकारलाई पत्राचार गरिसकेको बताएका छन्।

“भारतले कालापानी क्षेत्र लगायतका स्थानमा नेपाली भूमि अतिक्रमण गरेको विषयमा सरकार संवेदनशील छ,” रिमालले भने, “परराष्ट्र मन्त्रालयले हिजो मात्र भारतलाई कूटनीतिक नोट पठााएर यसबारे औपचारिक कूटनीतिक प्रक्रिया शुरू गरेको छ।”

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि काठमाडौंमा आयोजित कार्यक्रममा भारतले मिचेको सम्पूर्ण भूमि फिर्ता ल्याउने बताएका थिए। सरकारले एक इन्च भूमि पनि गुम्न नदिन कुटनीतिक पहल अघि बढाउने उनले बताएका थिए।

“हिजो पठाएको कूटनीतिक नोटमा परराष्ट्र मन्त्रालयले सुगौली सन्धिदेखिका कुराहरू उल्लेख गरेको छ, सरकारले सीमा रक्षा र सीमा समस्या समाधान गरोस् भन्नेमा विपक्षीदेखि सबै एकमत देखिएकाले सरकार पनि उत्तिकै संवेखदनशील भएर लागेको छ”, रिमालले भने, “आफ्नो भूमिको रक्षा गर्ने दायित्वबाट सरकार विमुख हुँदैन।”

उनले सरकारले पहिलो वर्षलाई आधार वर्षका रूपमा उल्लेख गरेको र अब ‘मिसन वर्ष’ शुरू भएको समेत उल्लेख गरे।

“अघिल्लो वर्षलाई आधार वर्ष घोषणा गरेर सरकारले आवश्यक कानून बनाउने लगायतका काम गर्‍यो,” उनले भने, “अब मिसन शुरू भएको छ, सरकार मिशनका रूपमा अघि बढ्छ, निश्चित योजनासहित काम अघि बढ्छन्।”

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल