- Loading...
फोटो खिच्न रोक्ने प्रावधानकाे विरोध
- पुनहिल डट कम
- ५ साल अघि
- १८६ पटक पढिएको

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को प्रशारण अधिकार सम्झौतामा पत्रकारलाई फोटो खिच्न रोक्ने प्रावधान समावेश भएको भन्दै नेपाल खेलकुद पत्रकार मञ्च र फोटो पत्रकारको संगठन पिजे क्लबले गम्भिर आपत्ती जनाएको छन् ।
सोमबार संयुक्त बिज्ञप्ती जारी गर्दै फोटो खिच्न निषेध गर्ने सम्झौताका प्रावधानप्रति आफ्नो गम्भिर ध्यानकर्षण भएको जनाएका हुन् । सागको खेल स्थलमा फोटो खिच्न नपाउने सम्झौताले पत्रकारको अधिकार हनन भएको भन्दै दुवै संस्थाले दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एनओसी) र राष्ट्रिय खेलकुद परिषद (राखेप) समक्ष ध्यानकर्षण पत्र बुझाएका छन् ।
मञ्चका कार्यवहाक अध्यक्ष धुव्र तुलाधर सहितको टोलीले आईतबार रातिनै एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र राखेप सदस्य सचिव रमेश सिलवाललाई ज्ञापन पत्र बुझाएको हो । ‘सुचनाको अधिकारबाट बञ्चित गर्ने काम नेपाल खेलकुद पत्रकार मञ्च र पिजे क्लबलाई कदापी स्विकार्य हुनेछैन ।’ विज्ञप्तिमा भनिएको छ, ’यस्ता कादमविरुद्ध हामीले विगतदेखी नै सशक्त रुपमा आवाज उठाउदै आएको छ । र यो भोलीका दिनमा पनि कायम रहनेछ ।’
एनओसीको पहलमा राखेपले सागको प्रशारण अधिकार भारतको एनके मिडिया भेन्चर प्रालिलाई ८ करोडमा बेचेको थियो । सम्झौता अनुसार एसएओसी, एनओसी र राखेपका आधिकारिक फोटोग्राफर बाहेक अन्य मिडियालाई फोटो र भिडियो लिन प्रतिबन्ध लगाउने प्रावधान समावेश गरिएको थियो ।
जुन प्रावधानको सर्वत्र चर्को आलोचना भईरहेको छ । माग सम्बोधन नभए विरोधको कार्यक्रमलाई निरन्तरता दिने एनएसजेएफका महासचिव प्रज्जवल ओलीले बताएका छन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
