Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

निर्माण ब्यवसायी महाँसघका केन्द्रीय अध्यक्ष र उपमहासचिवले पारे, बेनी अस्पताल अलपत्र

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३९७ पटक पढिएको
निर्माण ब्यवसायी महाँसघका केन्द्रीय अध्यक्ष र उपमहासचिवले पारे, बेनी अस्पताल अलपत्र

बेनी, म्याग्दी ।
निर्माण ब्यवसायी महाँसघका केन्द्रीय अध्यक्ष रवी सिंह र उपमहासचिव नरहरी थपलियाले जेभीमा ठेक्का लिएको बेनी अस्पताल भवन निर्माण अलपत्र छ ।
५० वेड क्षमताको ३ तल्ले बेनी अस्पताल भवन अण्डरग्राउण्डको पहिलोपछि अलपत्र छ । साविक सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बाग्लुङ्गले ०७३ पुस २१ गते महादेव खिम्ती/गल्वा/रफिना जेभि काठमाण्डौलाई भ्याटबाहेक १८ करोड ९० लाख रुपैयाँमा ठेक्का दिएको हो । निर्माण स्थलमा राखिएको आयोजनाको विवरण वोर्डमा ०७६ मंसिर २० गतेसम्म भवन निर्माण गरिसक्नु पर्ने तोकिएको छ ।

‘ठेकदार पशुपति मन्दीरमा छोडेका साँढे नै परेछन । हाम्रो तहको दवावले छेउटुप्पो छोएन । नियामक निकायका कर्मचारी छेउ पर्नै सक्दैनन । भवन ठेक्का लगाउने साविकको भवन डिभिजन कार्यालयका लेखा अधिकृतले धरौटी फिर्ता गर्न के पत्र लेखेथे उनैको सरुवा भयो’ बेनी अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले भने, ‘भवन समयमा नवन्दा विरामीलाई जस्ताको छाप्रोमा राखेर उपचार गरिरहेका छौं । छिटो निर्माण गरिदिन मौखिक र लिखित ताकेता गर्यौं । न ठेकदारले टेरपुच्छर लगाउँदैन । नियामक निकाय बोल्नै सक्दैन ।’
साविक शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बाग्लुङ्गले समयमा काम नगरेपछि ठेकदारले सुरुमा लिएको पेश्की वापतको ६६ लाख रुपैयाँ असुल उपर गर्न ठेकदारको जमानत बसेको नेपाल वैंगलादेश वैंक भैसेपाटी शाखालाई पत्राचा गरेपनि ठेकदार कम्पनीले अटेर गर्दै आएको छ ।

‘बेनी अस्पताल भवन निर्माणमा ठेकदारको चरम लापरबाही गरेकोले ठेकदारको जमानत बसेको बैंकलाई पेश्कि रकम फिर्ता ल्याउने पत्राचार गरेपनि रकम फिर्ता आएको छैन ।’ साविक सहरी विकास तथा भवन डिभिजन कार्यालय बाग्लुङ्गका प्रमुख प्रकाश अर्यालले भने, ‘हाल यो आयोजना संघिय आयोजना कार्यान्वयन इकाल कास्कीले हेर्ने र मेरो अन्यत्र सरुवा भएकोले पछिल्लो प्रगति जानकार छैन ।’
सहरी विकास तथा भवन डिभिजन कार्यालयका अनुसार ५ हजार ३ सय बर्गमिटर क्षेत्रफलमा एक तल्ला अण्डरग्राउण्ड सहित ३ तल्ले अस्पताल भवन निर्माण गर्न ठेक्का लगाईएको हो । भवनको पहिलो तल्लामा ओपिडि, दोस्रोमा इनडोर र तेस्रो तल्ला प्रशासनीयक प्रयोजनकालागी बन्न लागेको हो । भवन बाहेक गार्डेन, प्यासेज लगाएत थप काम पनि ठेक्का सम्झौतामा उल्लेख छन ।
‘जेभि मध्यको कान्छो रफिनाका रविन जोशिले ठेक्का विट गरेका हुन तर उनले काम गर्न सकेनन । जोशिले बुझेको पेश्की फिर्ता मागिदिन कार्यालयलाई गुहारेका छौं’ निर्माण ब्यवसायी महाँसघका अध्यक्ष समेत रहेका बेनी अस्पतालका मुख्य ठेकदार रवि सिंहले भने, ‘फर्मको प्रतिष्ठाकालागी हामी छिट्टो कार्यस्थलमा आउँने तयारी गरिरहेका छौं ।’
५० शैयाको क्षमताको जिल्ला अस्पताल बनाउन सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बाग्लुङ्गले ०७३ पुस २१ गते महादेव खिम्ती/गल्वा/रफिना जेभि काठमाण्डौलाई भ्याटबाहेक १८ करोड ९० लाख रुपैयाँमा ठेक्का दिएको हो । महादेव खिम्ती/गल्वा/रिफिना जेभि बानेश्वर मध्यको रिफिना कन्ट्रक्सनले यस अघि पनि म्याग्दीकै जनश्वास्थ्य कार्यालयको अर्को भवन समयमा सम्पन्न नगर्दा ५ लाख ८२ हजार हर्जाना गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल