FLASH NEWS
  • Loading...

सरकारले भन्यो- कालापानी नेपालको हो

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ३७३ पटक पढिएको
सरकारले भन्यो- कालापानी नेपालको हो

नेपालको भूभाग भारतले आफ्नो राजनीतिक नक्शामा समावेश गरेपछि नेपाल सरकारले त्यसको प्रतिवाद गरेको छ।

भारतले हालै प्रकाशित गरेको राजनीतिक नक्शामा नेपालको कालापानी क्षेत्रसमेत समेटिएपछि सरकारले आपत्ति जनाएको छ।

२० कात्तिकमा प्रेस विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले सरकार नेपालको अन्तर्राष्ट्रिय सिमाना रक्षाका लागि प्रतिवद्ध रहेको जनाएको हो।

विज्ञप्तिमा सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज एवं तथ्य प्रमाणहरूको आधारमा कूटनीतिक माध्यमबाट हुनुपर्ने मान्यतामा सरकार दृढ रहेको जनाइएको छ।

१७ कात्तिकमा भारतले सार्वजनिक गरेको राजनीतिक नक्शामा नेपालको कालापानी क्षेत्र लगायतका भूभाग भारतीय भूमिमा राखिएको छ। नेपालमा त्यसको व्यापक  विराेध भएपछि परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत् आधिकारिक धारणा सार्वजनिक गरेको हो।

सरकारले कालापानी नेपालको भूभाग भएकोमा स्पष्ट पारेको छ।

विज्ञप्तिमा सीमा सम्बन्धी समस्याहरू दुई देशका मन्त्रीस्तरीय आयोगले गर्नुपर्ने उल्लेख छ। “दुई देशबीच सुल्झाउन बाँकी सीमा सम्बन्धी विषयहरू दुवै पक्षको आपसी सहमतिमा टुङ्ग्याउनु पर्ने र एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाललाई मान्य नहुने”, विज्ञप्तिमा भनिएको छ।

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र