- Loading...
विम बस दुर्घटनामा वडाध्यक्षको छोरीसमेत चार यात्रुको घट्नास्थलमै मृत्यु
- पुनहिल डट कम
- ५ साल अघि
- २१० पटक पढिएको

जिल्लाको पश्चिम मालिका गाउँपालिका, ७ विममा साँझ ६ः१५ बजे ग १ ज ४४७६ नम्बरको मिनी माईक्रो बस सडकबाट तल खस्दा सवार वडाध्यक्षकी ११ बर्षिया छोरीसमेत ४ यात्रुको घट्नास्थलमा मृत्यु भएको छ ।
घट्नास्थल पुगेकी मालिका गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुका अनुसार मृत्यु हुनेमा वडाध्यक्ष रेशम जुग्जालीकी ११ बर्षिया छोरी आयुसा, स्थानीय सतदेवी भट्टचन रहेका छन । थप दुई जनाको नाम खुलेको छैन । १५ जना घाईतेलाई प्राथमिक स्वास्थ्य केन्द्र दरवाङ्ग पुर्याईएको छ । अँध्यारो समय र अप्ठ्यारो भीरमा बस अड्केकोले घाईतेको संख्या यकिन भैसकेको छैन ।
घट्नास्थलमा पुगेका इलाका प्रहरी कार्यालय दरवाङ्गका प्रमुख प्रहरी निरिक्षक रामप्रसाद पाण्डेका अनुसार मालिका गाउँपालिका केन्द्र दरवाङ्गबाट यात्रु लिएर गएको स्थानीय रुटमा चल्ने उक्त वस साँझ विमको घुम्तीमा टर्निङ नपुग्दा बस सडकदेखी खसेको हो ।
‘हामी उद्धारमै छौं । मृतकको विवरण संकलन गर्न अझै भ्याईएको छैन । घट्नास्थलमा मृतकको संख्या खुलेपनि घाईतेको संख्या र अवस्था अझै पत्तो छैन’ घट्नास्थल रहेका प्रहरी निरिक्षक राम्रप्रसाद पाण्डेले भने, ‘अँध्यारो र अप्ठ्यारो भएकोले समस्या भैरहेको छ ।’

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
