Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

मोनाको तेस्रो विश्व सम्मेलन घोरेपानीमा उद्घाटन

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३३१ पटक पढिएको
मोनाको तेस्रो विश्व सम्मेलन घोरेपानीमा उद्घाटन

म्याग्दी, १४ असोज ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना)को तेस्रो अर्न्तराष्ट्रिय सम्मेलन अन्नपूर्ण गाउँपालिका, ६ स्थित पर्यटकीय वस्ती घोरेपानीमा मंगलावरदेखी सुरु भएको छ ।
‘प्रवासी म्याग्देली दृष्टि, समृद्ध म्याग्दीको सृष्टि’ नाराका सहित पेशा, ब्यवसाय तथा रोजगारीकालागी विश्वका विभिन्न देशमा छरिएर रहेका म्याग्दीबासीको छाता संगठन म्याग्दी प्रवासी नेपाली संघ (मोना)को तेस्रो विश्व सम्मेलनको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले एक भब्य समारोह विच उद्घाटन गरिन ।

‘मोनाले जिल्लाको आर्थिक, सामाजिक तथा खेलकुदको क्षेत्रमा उल्लेख्य सहयोग गर्दै आएको छ । अव विदेशमा आर्जेको ज्ञान, सिप र पुँजीलाई स्वदेशमै लगानी गर्नु पर्ने बेला आएको छ’ प्रमुख अतिथि मन्त्री थापाले भनिन्, ‘प्रवासमा रहेका दाजुभाईले जिल्लाका जलविधुत, पर्यटन, कृषी तथा अन्य उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुस्’ मन्त्री थापाले थपिन्, ‘नेपाल भ्रमण वर्ष २०–२० को पूर्व सन्धामा मोनाको अर्न्तराष्ट्रिय सम्मेलन पर्यटकीय वस्तीमा आयोजना गरेकोले थप प्रचारप्रसारमा योगदान पुगेको छ ।’
मोना अर्न्तराष्ट्रि कार्यकारी अध्यक्ष चक्रबहादुर थापाको अध्यक्षतामा सुरु भएको सम्मेलन उद्घाटन कार्यक्रममा जिल्ला समवन्यय समितिका संयोजक देवेन्द्र केसी, राजनैतिक दलका नेता, स्थानिय अन्नपूर्ण गाउँपालिका अध्यक्ष डमबहादुर गर्वुजा समेत जिललका सवै स्थानीय तहका प्रमुखहरु, मोनाका संस्थापक तथा एनआरएनका पदाधिकारीहरुले सम्मेलन सफलताको शुभकामना ब्यक्त गरे ।
सम्मेलनमा भागलिन हङ्गकङ्ग, युके, बेल्जियम, पोर्चुगल, अष्ट्रिया, जर्मन, न्युजिल्याण्ड, अमेरिका, अष्ट्रेलिया, कतार, दक्षिण कोरिया, जापान, बहराईन समेत २२ देशका १ सयबढी प्रतिनिधी र प्रर्यवेक्षक सहभागी रहने आयोजकले जनाएको छ ।
‘प्रतिकुल मौषमलाई चिर्दै विश्व सम्मेलनमा प्रतिनिधी र अतिथीहरु आई पुग्नु भएकोमा हामी उत्साही छौं । अनुग्रही छौ’ सम्मेलन उदुघाटन कार्यक्रम समापनलाई सम्बोधन गर्दै अध्यक्ष चक्र थापाले भने, ‘यो सम्मेलन नयाँ नेता छान्ने फोरम मात्र होईन जिल्लाको विभिन्न परियोजनामा लगानी भित्राउने अवसर पनि हो ।’
जिल्लाको शिक्षा, श्वास्थ्य, सडक, खानेपानी, विपतमा परेकाहलाई सहयोग पुर्‍याउने  च्यारिटेवल क्षेत्रमा सहयोग गर्ने र जलविधुत, कृषी, पर्यटन जस्ता क्षेत्रमा लगानी भित्राउने गठन उद्देश्यले गठन भएको विश्वभर छरिएका प्रवासी म्याग्दीवासीको साझा संस्था हो । एनआरएनहरुको लगानीमा २५ मेगावाट क्षमताको म्याग्दीखोला जलविधुत आयोजना संञ्चालन भैरहेको छ ।
प्रवासी म्याग्दीबासीको विश्व सम्मेलनलाई स्थानियबासीले जातिय भेषभुषा, संस्कृति र पहिचान झल्कने झाँकी सहित घरघरमा जलघडा राखेर भब्य स्वागत गरेका छन । जिल्लाको शिक्षा, श्वास्थ्य, सडक, खानेपानी, विपतमा परेकाहलाई सहयोग पुर्‍याउने  च्यारिटेवल क्षेत्र र जलविधुत, कृषी, पर्यटन जस्ता लगानीका क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले विश्वभर छरिएका प्रवासी म्याग्दीवासी छाता संस्था मोना गठन भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल